Tuesday 19th August 2025

लघुकथा:- पीडा कोरानाको -सोमनाथ लुइटेल ‘रवि’


समय पनि कसरी बित्यो कहिले आफूलाई हेर्दै कहिले अर्कालाई । एक दिन रवि बिहानै बाहिर कोलाहल भएको देखेर बिचलित भयो । आर्काको समस्या देख्न नसक्ने बानी थियो । त्यहाँ के भएको रहेछ भनेर बुझ्दा शवलाई हेरेर रमिता हृदय फुट्ला जस्तै गरेर रोएको देखेर रवि भावुक भयो ।
दिल्लीमा रमिताको श्रीमानकाे काम गर्दा गर्दै कोरोनाले संक्रमित भएर मृत्यु भएको थियो । शव नेपालमा आएपछि सबै परिवारमा चिन्ता शोक भयो । रमितालाई थाहा भएन आफ्नो श्रीमानलाई कोरोना लागेकोछ भनेर,रमितालाई पनि कोरोना लागेर पाचौं दिन कोरोनाको शिकार भई रमिताको पनि मृत्युु भयो ।
त्यो घरमा कोरोनाको बज्रपात पर्यो । छोराछोरी ससाना थिए । अब कसरी घर चलाउने भन्ने कुरामा छोरी सुमित्रालाई पीर पर्यो । रवि गाउँमा सबैलाई भेला गरेर सहयोग जुटाउने मनसाय भए पनि त्यति बेला सबैलाई बोलाएर आउने पनि समय थिएन । कोरोनाले सारा संसारलाई चपेटामा लिएको बेला रमिताको घरमा छोराछोरी राहत आउला कि भनेर टुलुटुलु हेर्दै बस्ने उपाय भन्दा आर्को उपाय थिएन । रविले त्यहाँको दुःख देखेर रासनको व्यवस्था गरेर रमिताको घरदेखि आफ्नो घर गयो ।

सोमनाथ लुइटेल ‘रवि’ पाल्पाली
हाल:- युगाण्डा कम्पाला


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पाको तानसेनमा श्री ७ रणउजिरेश्वरी भगवतीको २०६औँ खट् यात्रा निकालिएको छ। श्रीकृष्णाअष्टमीको रातमा जाग्रामसंगै भोलिपल्ट भगवती जात्रा भब्य रुपमा…

तितोपाटी -उपप्रधान एबम अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले रास्वपा भनेको खहरेको भेल जस्तै हो भनि टिप्पणी गरेका छन। पाल्पाको तानसेनमा नेपाल…

पाकिस्तानको उत्तरी क्षेत्रमा भीषण वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या तीन सय ३२ पुगेको छ। शुक्रबार खैबर…

प्रतिकृयाहरू
...