Friday 28th August 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – २१


कोहि भन्छन्‌ यो मुटुमा, बिझाउने काँडो भाछ ।
आफ्नो पार्टी आफ्नै साथि,आफैंलाई घाँडो भाछ ।

जस्को शक्ति उस्को भक्ति,भन्दै माथि पुग्नेलाई,
राजनैतिक खेल सधैं ,गरि खाने भाँडो भाछ ।

बैठक, सभा, सम्मेलन, बारम्बार गर्ने ठाँउ,
कैले बालुवाटार हजुर,कैले पेरिस डाँडो भाछ ।

जान्ने सुन्ने मै हुँ एउटा, जे गरे नि हुन्छ भनी,
राता रात निर्णय त्यो, लिनलाइ चाँडो भाछ ।

स्वार्थ लुटन यता उता जता पनि ढल्कि दिने,
असला त्यो माछा पनि ,यहाँ चेपागाँडो भाछ ।

प्रतिमा शिवाकोटी
कालिन्चोक गा.पा ८, सुनखानी दोलखा,
बागमती प्रदेश ।
(रचना: २०७८ जेठ ८ सनिवार)


सम्बन्धित शीर्षकहरु

हाले नेपालको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको तथा धेरै…

नेपालमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कुवेतमा रहेका नेपाली समुदायबाट सहयोग संकलन गर्न गैरआवासीय…

नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या ४६९ पुगेको छ भने १,३०० भन्दा बढी व्यक्ति…

प्रतिकृयाहरू
...