तितोपाटी- एनआरएनए कुबेतले “हार्दिक अनुरोध” भन्दै कोरोनाबाट सचेत रहन आग्रह गर्दै शुक्रबार एक बिज्ञप्ति जारी गरेको छ । उक्त बिज्ञप्तिमा सम्पूर्ण कुबेतबासी नेपालीहरुलाई सचेत रहन आग्रह गरेको छ । एनआरएनए कुबेतका अध्यक्ष सुजन केसी र महासचिव दिल पाख्रिनद्वारा जारी गरिएको उक्त बिज्ञप्तिमा पछिल्लो पटक कोरोना भाइरस COVID-19 को संक्रमण ब्यापक फैलिएको जनाउदै त्यसको संक्रमणमा नेपाली कामदारहरु पर्नुको साथै ज्यान समेत गुमाएको समेत बुझिएको छ । त्यस कारण आफु कार्यरत ठाउँमा सचेत रहन र सजक बन्न अनुरोध गरिएको छ । उक्त बिज्ञप्तिमा स्वास्थ्य मापदण्डहरुलाई पालना गर्न बुदागत रुपमा अनुरोध समेत गरेको छ ।
हेर्नुहोस एनआरएनए कुबेतलेजारी गरेको बिज्ञप्ति