Saturday 12th July 2025

प्रचण्ड भन्छन्- यो सरकार धेरै दिन टिक्दैन


तितोपाटी- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नेतृत्वको सरकार धेरै दिन नटिक्ने बताएका छन् ।

शनिबार नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद्लाई सम्बोधन गर्दै प्रचण्डले केही दिनमै नयाँ सरकार गठन हुने बताए ।
‘हामी नयाँ सरकार गठनको प्रयासमा छौँ,’ प्रचण्डले भने, ‘म आशा गर्दछु केही दिनभित्र नयाँ सरकार गठन हुन्छ ।’ प्रचण्डले आफूहरू जनतालाई दु:ख नदिइकन, आन्दोलन नगरिकन नयाँ सरकार गठनको प्रयासमा रहेको बताए । उनले अहिले विचित्रको स्थिति बनेको भन्दै मुलुकमा अराजकताको कालो बादल मडारिएको बताए । नयाँ सरकार बनाएर आफूहरू यसलाई सच्याउन लागेको प्रचण्डको भनाइ थियो । ‘नयाँ सरकार गठन गरेर त्यो सरकारमार्फत यो बीचमा भएका ज्यादतिहरूलाई सच्याउन चाहन्छौँ,’ उनले भने, ‘यदि नेपाली जनतालाई बाध्य पारियो, तपाईं हामी सबैलाई बाध्य पारियो भने त्यसको प्रतिवाद सिंहदरबारभित्रैबाट, ७७ जिल्लाबाटै गर्नुपर्ने अवस्था आउन पनि सक्छ ।’ मिलेर बसेको शक्तिलाई छुटाएर जबरजस्ती डिभोर्स गरिएकोमा आफूहरूले पुनर्मिलन चाहेको प्रचण्डले बताए । शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

धर्म परिवर्तनको मुद्दामा उत्तर प्रदेश प्रहरीले चांगुर बाबालाई पक्राउ गरेको छ। यूपी एटीएसले चांगुर बाबालाई सात दिनको लागि हिरासतमा लिएको…

तितोपाटी-निलम्बित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर् अभियान शुरु भएको छ । चर्चित  भुटानी…

तितोपाटी-काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते दिउँसो २ बजे सार्वजनिक हुने भएको छ। शुक्रबार बैठकमा  मेयर बालेन शाहले शुरु गर्दै…

प्रतिकृयाहरू
...