Wednesday 16th September 2026

बागमती नगरपालिकामा मातृशिशु पोषण भत्ता : छोरी पाए पाँच हजार, छोरा पाए तीन हजार


गुलाम नबि मन्सुर-सर्लाही-बागमती नगरपालिकाले मातृशिशु पोषण भत्ता प्रदान गर्दै आएको छ । छोरी भए पाँच हजार, छोरा भए तीन हजार प्रदान गर्ने कार्यक्रमका लागि अहिले उन्नाईस लाख बत्तीस हजार रकम छुट्टाएको छ ।

जन्म दर्ता भएपछि हामीले अभिभावकलाई छोरी भए पाँच हजार र छोरा भए तीन हजार प्रदान गर्छौं । हाल सम्म ४३१ जन्मेका छन् जस मध्ये १९२ बालक र २३९ बालिकाका अभिभावकले रकम पाईसकेका छन् । कार्यक्रमले छोरी प्रति हेर्ने केही नकारात्मक प्रवृतिलाई सकात्मक रुपमा परिवर्तन गर्ने र समयमै जन्म दर्ता हुने भएकोले बालबालिकाले पाउने पहिचानको अधिकार पनि सँगै सुनिश्चित हुनुका साथै र यो निरन्तर कार्यक्रम हुने बागमती नगरपालिकाका प्रशासकिय अधिकृत विमल पोखरेलले जानकारी दिए ।

मातृ तथा शिशु स्वास्थ्यको लागि प्रोत्साहन गर्न यो कार्यक्रम प्रभावकारी हुन्छ । बच्चा गर्भमा रहे देखि जन्मनु भन्दा अघि निश्चित समय भित्र चार चोटी आमाको स्वास्थ्य परीक्षण (एन्टेनाटल केयर) गर्नु पर्ने साथै बच्चा जन्मिसके पछि आमा र शिशुको तीन चोटी स्वास्थ्य परीक्षण (पोष्ट नाटल केयर) जस्तै खोप डिपिटी, बिसिजी, आईपिभी, नयाँ आएको जिई आदिका नेपाल सरकारले तोकिदिएको मापदण्ड आमाले पुरा गरेको छ कि छैन त्यस सम्बन्धि कार्ड बनाई दिन्छ र त्यसको आधारमा पनि सुत्केरी पोषण भत्ता पाउने वा नपाउने सुनिश्चित हुने बागमती नगरपालिकाका कर्मैया स्वास्थ्य चौकी प्रमुख प्रिती दासले जानकारी दिए । उनीे भन्छिन्, ‘हामीका आउने सुत्केरी महिलाले एक चोटी पनि बच्चा जन्माउने बेला सम्म स्वास्थ्य परीक्षण नगराएको बताएका छन् । खोप लगाउदा बच्चा रुन्छ, कहिले बच्चालाई ज्वरो आउँछ भन्ने आमालाई हुँदो रैछ र आमाहरु लाइ जानकारी हुँदा–हुँदै पनि भूलचुक भएर बच्चालाई खोप नलगाएका केसहरु पनि छन् तर अब यो कार्यक्रमले आमाहरुले बच्चा र आफ्नो परीक्षण समयमै गर्नु पर्ने कुरामा मद्दत गर्छ जसले गर्दा मातृ तथा शिशु मृत्यु दर पनि घटाउँछ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई २,००० पाउन्ड तौलका शक्तिशाली बमहरू उपलब्ध गराउने नयाँ हतियार सम्झौताको तयारी गरेको छ। करिब…

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) ले हर्मुज जलडमरूमध्यमा एक तेल ट्यांकर नौसैनिक बारुदी सुरुङसँग ठोक्किएको दाबीलाई अस्वीकार गरेको छ।…

नेपालले २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबल प्रतियोगितामा बुधबार घरेलु टोली जापानको सामना गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ४ः०५ बजे जापानको…

प्रतिकृयाहरू
...