Thursday 8th October 2026

माओवादी केन्द्रबाट निर्बाचित लुम्बिनी प्रदेशका दुई सांसद पदमुक्त


माओवादी केन्द्रबाट निर्वाचित लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी पदमुक्त भएका छन् । प्रदेश सभाको मंगलबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले न्यौपाने र पन्थीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् । न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ (२) र दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २(२) बाट निर्वाचित भएका थिए ।

प्रदेश सभा संसदीय दलको निर्णय र नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको जानकारी प्रदेश सभा सचिवालयमा प्राप्त भएको सभामुख घर्तीले जानकारी गराएका थिए ।

प्रदेश सभाको नियमावलीको १ सय ९२ बमोजिम दल त्यागको सूचना बैठकलाई दिएमा त्यस्तो सदस्यको स्थान रिक्त रहने मानिने छ भन्ने व्यवस्था अनुसार न्यौपाने र पन्थीको प्रदेश सभा सदस्य पद आजका मितिबाट रिक्त रहने व्यहोरा सभामुखले प्रदेश सभा वैठकमा जानकारी गराएका थिए ।

दुई सांसदको पद रिक्त भएको घोषणा गरेसँगै चालु संसदको अधिवेशन पनि अन्त्य भएको छ ।लुम्बिनी प्रदेशको कुल ८७ सांसदमध्ये सभामुखसहित माओवादी केन्द्रका २० सांसद छन् । दुई जना पदमुक्त भएपछि अब माओवादी केन्द्रसँग १८ सांसद कायम रहनेछन् ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...