Thursday 14th May 2026

मह जोडीलाई महामूर्खको उपाधि


यो वर्ष महामूर्खको उपाधि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई प्रदान गरिएको छ । प्रत्येक वर्षझैँ यसपालि पनि होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा मह जोडी महामूर्ख घोषित भएका हुन् । मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष होली पर्वको अवसरमा आयोजना गर्ने गरेको महामूर्ख सम्मेलनमा एक विशिष्ट व्यक्तित्वलाई दिने महामुर्खको पदवी योपटक वरिष्ठ कलाकारद्वय श्रेष्ठ र आचार्यलाई प्रदान गरिएको हो । आईतबार जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा आयोजित महामूर्ख सम्मेलनमा उनीहरु दुवै जनालाई मिनापले महामूर्ख घोषणा गरेको छ ।

त्यस्तै सम्मेलनले प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनललाई मूर्ख शिरोमणिको उपाधि प्रदान गरेको छ भने जनकपुरधाम उपमहानगरपालिका–४ का वडाध्यक्ष सुदर्शन सिंहलाई बैशाखनन्दन, जसपाका केन्द्रीय सदस्य राजिव झालाई वंश कुरहरि, डेली एक्सप्रेस दैनिक पत्रिकाका प्रकाशक शंकर साहलाई मुसरीलाल, जसपा नेतृ विन्दु ठाकुरलाई खपसुरती, जसपा नेता शेषनारायण यादवलाई चोन्हमा, नेपाल शिक्षक संघ प्रदेश नम्बर २ का अध्यक्ष मेघनाथ यादवलाई चौपटानन्द, चित्रकार एससी सुमनलाई तर घुसका घोषित गरिएको छ । त्यस्तै सुरेश शर्मालाई हराशंख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सुजित झालाई सिलौटानन्द, साहित्यकार एवं गीतकार अशोक दत्तलाई वोतलानन्द, नेपाल पत्रकार महासंघका पूर्वकोषाध्यक्ष शीतल साहलाई ढोरबा, मोडेल क्याम्पसका सञ्चालक वीरेन्द्र साहलाई लोढाशंकर, कराँतेका प्रशिक्षक वीरेन्द्र कर्णलाई बज्रकीट र मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलाई पटमूर्खको उपाधि प्रदान गरिएको छ ।

मिथिलाको कला संस्कृतिलाई संरक्षण एवं सम्बर्द्धन गर्ने उद्देश्यले मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधाममा हास्य व्यङ्ग्य साँस्कृतिक कार्यक्रमसहित महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको छ ।
वि.सं. २०६१ सालबाट जनकपुरधाममा महामूर्ख सम्मेलनको आयोजन हुँदै आएको छ । अघिल्लो वर्ष प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

कुवेतको नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट आधिकारिक अनुमति नपाएका एयरलाइन्सहरूसँग टिकट बुकिङ वा आरक्षण नगर्न यात्रुहरूलाई चेतावनी…

नेपालको व्यस्त वसन्तकालीन आरोहण सिजन सुरु भएसँगै हिमाली क्षेत्रमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ। अधिकारीहरूका अनुसार Mount Makalu मा…

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

प्रतिकृयाहरू
...