Tuesday 29th September 2026

भारतले अस्ट्राजेनेका खोपको निर्यात रोक्यो, नेपालसहित १ सय ९० देश प्रभावित


तितोपाटी- भारतले अक्सफोर्ड–अस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि अस्थायी रोक लगाएको छ । कोरोनाभाइरस सङ्क्रमितको संख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने भएकाले खोपमा रोक लगाइएको हो ।

भारतमा बुधवार यो बर्षकै ठुलो संख्या ४७ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । २ सय ७५ को मृत्यु भएको छ ।भारतले अप्रिल १ तारिखबाट ४५ वर्षमाथिकालाई खोप कार्यक्रम सुरु गर्न लागेकाले माग बढने ठानिएको छ । भारतको यो कदमले अप्रिलको अन्त्यसम्म खोप आपूर्तिमा असर गर्ने बताइएको छ ।

भारतको निर्णयबाट कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर पर्नेछ । भारतको सबैभन्दा ठूलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डियाले थुप्रै देशमा अस्ट्राजेनेका खोप पठाउने काममा ढिलाइ गरेको छ । त्यसको असर बेलायत र ब्राजिलमा परिसकेको छ ।भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोड भन्दा बढी खोप निर्यात गरिसकेको छ । भारत सरकारले जनवरी १६ तारिखबाट खोप कार्यक्रम शुरु गरेको थियो ।अहिलेसम्म दोस्रो लहर आउनसक्ने आशङ्कामाझ ४ करोड ७० लाख मानिसलाई उसले खोप लगाइसकेको छ । सात महिनाभित्र ६० करोडलाई खोप लगाउने आशा राखेका छन् ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...