Sunday 20th July 2025

नेपालले खेल्ने विश्वकप छनोटका बाँकी खेल कुवेतमा


तितोपाटी- फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत नेपालले खेल्ने बाँकी खेलहरु कुवेतमा आयोजना हुने भएको छ ।

एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले शुक्रबार नेपालको समूह समूह ‘बी’ का खेलहरु कुवेतमा हुने जनाएको छ ।
कोरोना भाईरसको महामारीले गर्दा अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण छनोटका बाँकी खेलहरु न्युट्रल भेन्युमा गर्न लागिएको हो । छनोटको बाँकी खेलहरु आगामी मे ३१ देखि जुन १५ सम्म हुनेछ ।
छनोट अन्तर्गत अब नेपालले तीन खेल खेल्न बाँकी रहेको छ । यस अघि तीनै खेल नेपालले घरेलु मैदानमा खेल्ने तालिका रहेको थियो ।
नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ ।
समूह ‘बी’ मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ ।
चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।
छनोट अन्तर्गत समूह ‘ए’ को बाँकी खेल चीन, समूह ‘सी’ को बहराइन, समूह ‘डी’ को साउदी अरेबिया, समूह ‘ई’ को कतार, समूह ‘एफ’ को जापान, समूह ‘जी’ को युएई र समूह ‘एच’ दक्षिण कोरियामा हुनेछ ।


सम्बन्धित शीर्षकहरु

रूस र युक्रेनले युद्धमा मारिएकाहरूको थप शव आदानप्रदान गरेको क्रेमलिनले जनाएको छ क्रेमलिनका एक सहयोगीका अनुसार, गत महिना टर्किएमा दोस्रो…

तितोपाटी-श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस गरिएको छ । नेपाल सरकार, रोजगारदाता र श्रमिक संगठनबीच बिहीबार…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले बुधबार (जुलाई १६) आफ्नो पार्टीका सदस्यहरूलाई पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई जेलमा केही भएमा जवाफदेही…

प्रतिकृयाहरू
...