Thursday 27th August 2026

कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणको खोप नेपाल आइपुग्यो


तितोपाटी- स्वास्थ्य संगठन र ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी)ले नेपाललाई उपलब्ध गराएको पहिलो चरणको कोरोना भाइरसबिरुद्धको खोप नेपाल आइपुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार खोप आइतबार मध्यान्न आइपुगेको हो । खोप ग्रहण गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी त्रिभुवन विमानस्थल पुग्नु भएको छ । यसअघि नै स्वास्थ्य मन्त्रालयले ३ लाख ४८ हजार डोज खोप आइतबा आइपुग्ने जनाएको थियो ।

गाभीले नेपाललाई सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभ्याक्स ३० लाख डोज नि:शुल्क घोषणा गरेको थियो । यो खोप नेपालका २० प्रतिशत नागरिकलाई पुग्ने मात्रा हो ।

यसअघि भारत सरकारले नेपाललाई १० लाख डोज खाेप अनुदान स्वरुप दिएको थियो ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...