Sunday 26th April 2026

सुशिला पाैडेलको गजल संग्रह – १


गजल
तिमीले रानी भन्दै बोलाएको मन पर्छ ।
आफ्नो जीवन कहानी सुनाएको मन पर्छ ।

हामी संग सङ्गै अघि बढ्नु पर्छ भनेर जहिले,
जबर्जस्ती हात तानी सुम्सुमाएको मन पर्छ ।

एकान्तमा टोलाएर तिम्रै प्रतिक्षामा बस्दा
मस्त हात्ती झैं लम्केर आएको मन पर्छ ।

असिम प्रिती भर्दै बाधिएर बाहु पासमा
आफ्नै नयनको सागरमा डुबाएको मन पर्छ ।

एक रथका दुई पाङ्ग्रा , हातमा हात राखी
जिन्दगीको सफरमा साथ पाएको मन पर्छ ।

-सुशिला पौडेल
काठमाडौ


सम्बन्धित शीर्षकहरु

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

प्रतिकृयाहरू
...