Wednesday 14th January 2026

कविताः बटुवा हुँ म – इन्द्र बान्तवा ‘देवा’


अनन्त यात्राको बटुवा हुँ म, बाटो देखाइदेउ।
लक्ष्यबिन्दुमा पुग्नु छ मैले, साहस भरिदेउ।

अन्धकारमा रुमल्लिरहेछु म, उज्यालो छरिदेउ ।
अज्ञानतामा लट्लिरहेछु म, ज्ञानबुद्धि भरिदेउ ।

दुविधामा अलमलिरहेछु म, सत्मार्ग देखाइदेउ ।

फोहोर दलदलमा फसेको छु म, हिमाल देखाइदेउ ।

कर्तब्य बिहिन मगनमस्त छु म, यथार्थ सम्झाइदेउ ।

मानविय गुणलाइ बिर्सिसकेछु म, मानवता जगाइदेउ ।

सहानुभूति होइन मलाई,उत्साहित बनाइदेउ।
अन्धकार यो अन्तरात्मा भित्र ज्योति बालिदेउ ।

-इन्द्रबान्तवा देवा’
कटुन्जे भोजपुर
हालः कुवेत ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

एसोसिएटेड प्रेस समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि संयुक्त राज्य अमेरिकाले इजिप्ट, लेबनान र जोर्डनका मुस्लिम ब्रदरहुड संगठनहरूलाई "आतंकवादी" समूहको…

प्रतिकृयाहरू
...