Wednesday 26th August 2026

कतारको श्रम कानूनको जानकारी अब ह्वाट्सएपमार्फत नेपाली भाषामा


तितोपाटी- आप्रवासी कामदारलाई कतारको श्रम कानूनसम्बन्धी जानकारी नेपालीसहित ६ वटा भाषामा ह्वाट्सएपमार्फत नै प्राप्त गर्न सकिने भएको छ । प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयसँगको सहकार्यमा सरकारी सूचना प्रदायक निकायले यस्तो व्यवस्था गरेको हो ।

कतारमा श्रमिकको अधिकार, कतार भिसा सेन्टर बारे जानकारी, लगायतका विषय निःशुल्क रूपमा ह्वाट्सएपमार्फत आधिकारिक सूचना प्राप्त गर्न सकिने विज्ञप्तिमा जनाइएको छ । २४ सै घण्टा सेवा लिन सकिने स्वचालित च्याट प्रणालीमार्फत नेपाली, अरबी, अंग्रेजी, उर्दू, हिन्दी तथा मलायलम भाषामा जानकारी लिन सकिनेछ । उक्त सेवा लिनका लागि ह्वाट्सएपमा ं९७४ ६००६०६०१ नम्बर सेभ गर्नु पर्ने भएको छ । सो नम्बरलाई जोडेपछि कुन भाषामा आफूले जानकारी चाहेको हो सो नम्बर टाइप गरेर पठाउनु पर्नेछ ।

नेपाली भाषामा सूचना, जानकारी चाहिएमा ५ नम्बर लेखेर पठाउन सकिन्छ । त्यसपछि पुनः ७ अङ्कसम्मको सूची प्राप्त हुनेछ । जसअनुसार १ लेखेर आफ्नो अधिकारका बारेमा, २ लेखेर कतार भिसा सेन्टरमार्फत आवेदन दिन, ३ अङ्क लेखेर उजुरीहरू दिन, ४ लेखेर आफूले दिइसकेको आवेदनको स्थिति बुझ्न, ५ लेखेर मुख्य प्रश्न र उत्तर प्राप्त गर्न, ६ अङ्क लेखेर फोन गर्नको लागि महत्त्वपूर्ण नम्वरहरु प्राप्त गर्ने र अन्तिम ७ टाइप गरेर भाषा परिवर्तन गर्नको लागि भन्ने जानकारी म्यासेजमा आउनेछ । ती अङ्क र शीर्षकमा पठाइएको या रोजेको अङ्क र विषयको आधारमा आधिकारिक जानकारी प्राप्त गर्न सकिनेछ ।

केन्द्रबिन्दुबाट


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...