गजल
हजुरले गरेको रिस अनि इर्श्या मलाई मल भयो ।
चित्त दुखाइ झरेको आँसु बिरुवालाई जल भयो ।।
लगानी त कति गरे गरे सिंचाईको बाटो छेकियो ,
खेतबारीको मुहानसम्म आएकाे बन्द नल भयो ।
बिषादीको ओइरो माटो र बिरुवामा होइन हजुर ,
आवश्यक तत्व माटोमा हालेसी राम्राे फल भयो ।
मेहेनतका फल त जब लागे मेरा माटोका बोटमा ,
अनि पो त गाउँ समाज पुरा घरघरमा कल भयो ।
अझै समय छ घुम्दै सारा आउँछ समय पृथ्वी झैं ,
खनी जमिन लगाऊ बाली मेरो खेतीको दल भए ।
-सविता के.सी.
दक्षिणकाली – ३, फर्पिङ काठमाडौं ।