Monday 31st August 2026

रूकुमको सिस्नेमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १० जना घाइते


तितोपाटी – सिस्ने गाउँपालिका–५, धार्पानीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जिप बुधबार दिउँसो २ बजे धार्पानीमा दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको हो ।

मृतकको पहिचान हुन सकेको छैन । दुर्घटनामा १० यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अहिले उद्धार कार्य चलिरहेको छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ ।

वर्षाको समयमा बाटो चिप्लो भएका कारण जिप दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

प्रकाश सायमीले आफ्नो फेसबुक वालमा लेखेको यो सामग्रीलाई केवल गायक उदीतनारायण झाको जीवनीका रूपमा हेर्नुभन्दा पनि नेपाली संगीत तथा चलचित्र…

डिजिटल वित्तीय प्रणालीको तीव्र विकाससँगै क्रिप्टोकरेन्सी विश्वभर लोकप्रिय बन्दै गएको छ। छिटो, सीमापार र मध्यस्थ निकायविना कारोबार गर्न सकिने सुविधाका…

धमिलो दृष्टि (Blurred Vision) आँखासम्बन्धी सबैभन्दा सामान्य समस्यामध्ये एक भएको र यसलाई बेवास्ता गर्दा गम्भीर स्वास्थ्य समस्या लुकिरहेको हुन सक्ने…

प्रतिकृयाहरू
...