Monday 24th August 2026

एनआरएनए कुवेतद्वारा ६ जना बिरामीलाई उद्धार


तितोपाटी- एनआरएनए कुवेतले ६ जना बिरामीहरुलाई उद्धार गरि स्वदेश पठाएको छ । फेब्रुअरी ८ तारिकका दिन दुवै मृगौला फेल भएकी तारा भन्डारी, सवारी दुर्घटनामा परि उपचाररत दिल्लिराम पाठक, नेपालमा नै सवारी दुर्घटनामा परि खुट्टामा स्टिल फिक्स गरेर ठिक भए पछि कुवेत आएको तीन बर्ष पछि पुनः बल्झिएर घाउ पाकेर काम गर्न नसकेका प्रकाश आले, निक्कै लामो समयदेखी रगत वान्ताका कारण उपचाररत चित्रबहादुर राना मगर, सरस्वती पाठक र बनिक राज पौडेल गरि ६ जनालाई हवाइ टिकट र पिसिआर परिक्षण गरि स्वदेश पठाइएको हो ।

उनिहरु हिजो साँझ ६:४५ बजे जजिरा एयरवेजको उडान मार्फत नेपाली समय अनुसार राती १:२५ मा नेपाल अवतरण गर्ने गरि गएका छन । उनिहरुलाई काठमाडौ विमानस्थलबाटै एन आर एन ए का स्वयंसेवकहरुले राती बस्नको लागि ब्यवस्था मिलाउनुको साथै आ – आफ्नो घर सम्म पुग्नका लागि बसको टिकटको ब्यबस्था गर्नेछन ।

गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले नेपालको विभिन्न क्षेत्रबाट रोजगारीको सिलसिलामा कुवेतलाई कर्मथलो बनाउदै आएका केही नेपाली श्रमिकहरु कोरोना भाइरसका कारण रोजगार बिहिन भएका, विरामी परेका तथा विभिन्न किसिमले समस्यामा परि अलपत्र परेका २६ जना लाई कुवेतबाट उद्दार गरि स्वदेश पठाइसकेको छ।


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूले अहिलेसम्म पत्ता लगाएका सबैभन्दा शक्तिशाली cosmic rays मध्ये एक अमातेरासु (Amaterasu) नाम दिइएको कणले वैज्ञानिकहरूलाई चकित बनाएको छ। यसको…

मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा सूचीकृत २५ नेपाली म्यानपावर कम्पनीले आफ्नो नाम प्रणालीबाट हटाउने भएका छन्। युवा,…

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या घटनाले देशभर शोक र आक्रोश फैलाएको छ। बालिका हराएको…

प्रतिकृयाहरू
...