Monday 29th December 2025

एनआरएनए कुवेतद्वारा ६ जना बिरामीलाई उद्धार


तितोपाटी- एनआरएनए कुवेतले ६ जना बिरामीहरुलाई उद्धार गरि स्वदेश पठाएको छ । फेब्रुअरी ८ तारिकका दिन दुवै मृगौला फेल भएकी तारा भन्डारी, सवारी दुर्घटनामा परि उपचाररत दिल्लिराम पाठक, नेपालमा नै सवारी दुर्घटनामा परि खुट्टामा स्टिल फिक्स गरेर ठिक भए पछि कुवेत आएको तीन बर्ष पछि पुनः बल्झिएर घाउ पाकेर काम गर्न नसकेका प्रकाश आले, निक्कै लामो समयदेखी रगत वान्ताका कारण उपचाररत चित्रबहादुर राना मगर, सरस्वती पाठक र बनिक राज पौडेल गरि ६ जनालाई हवाइ टिकट र पिसिआर परिक्षण गरि स्वदेश पठाइएको हो ।

उनिहरु हिजो साँझ ६:४५ बजे जजिरा एयरवेजको उडान मार्फत नेपाली समय अनुसार राती १:२५ मा नेपाल अवतरण गर्ने गरि गएका छन । उनिहरुलाई काठमाडौ विमानस्थलबाटै एन आर एन ए का स्वयंसेवकहरुले राती बस्नको लागि ब्यवस्था मिलाउनुको साथै आ – आफ्नो घर सम्म पुग्नका लागि बसको टिकटको ब्यबस्था गर्नेछन ।

गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले नेपालको विभिन्न क्षेत्रबाट रोजगारीको सिलसिलामा कुवेतलाई कर्मथलो बनाउदै आएका केही नेपाली श्रमिकहरु कोरोना भाइरसका कारण रोजगार बिहिन भएका, विरामी परेका तथा विभिन्न किसिमले समस्यामा परि अलपत्र परेका २६ जना लाई कुवेतबाट उद्दार गरि स्वदेश पठाइसकेको छ।


सम्बन्धित शीर्षकहरु

यस वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको पाँचै भेटघाट इजरायलको सुरक्षा र विश्वमा प्रतिष्ठाको लागि महत्त्वपूर्ण कोशेढुङ्गा थिए।…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार बिहान ७…

इजरायलले सोमालील्यान्डलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा औपचारिक रूपमा मान्यता दिने पहिलो देशको रूपमा घोषणा गरेको छ, र यसले क्षेत्रीय…

प्रतिकृयाहरू
...