Monday 31st August 2026

एप्पल र सामसुङ विवादमा सामसुङलार्इ ५० करोड डलर जरिवाना


तितोपाटी डट कम – सात वर्षदेखिको आरोप–प्रत्यारोपको शृंखला टुंग्याउँदै अमेरिकी एक अदालतले दक्षिण कोरियाली कम्पनी सामसङले अमेरिकी कम्पनी एप्पललाई ५० करोड डलरभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ ।

सन् २०११ मा सुरु भएको डिजाइन चोरीको आरोप यो फैसलापछि टुंगोमा पुगेको हो । यसअघि अमेरिकी अदालतले सामसङले एप्पललाई एक अर्ब डलर जरिवाना तिर्नुपर्ने फैसला सुनाएपछि सामसङले उक्त निर्णयविरुद्ध पुनरावलोकन गर्ने प्रक्रिया सुरु गरेको थियो ।

उक्त मुद्दाको पुनरावलोकन गर्दै अमेरिकी अदालतले अहिले ५० करोड ३० लाख डलर जरिवाना मात्रै तिरे पुग्ने फैसला सुनाएको हो । सामसङलाई मुख्यत: आईफोनको तीन डिजाइन चोरी गरेको आरोप छ । तर, विश्लेषकहरूले भने सामसङ यो क्षतिपूर्तिको निर्णयको पुनरावलोकनका लागि पुन: अदालत जान सक्ने टिप्पणी गर्छन् । क्यालिफोर्नियाको अदालतले पुराना प्रमाणहरूको विश्लेषण गर्दै जरिवाना रकमको निक्र्योल गरेको हो ।सामसङले भने आफूले करिब २ करोड ८० लाख डलर मात्रै क्षतिपूर्ति तिरे पुग्ने जिकिर गर्दै आएको छ । एप्पलले भने आफ्नो आइफोन बिक्रीबाट प्राप्त नाफाको आधारमा ठूलो रकम क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै आएको थियो ।

सामसङलाई साढे दुई अर्ब डलर क्षतिपूर्ति तिर्नुपर्ने दाबी एप्पलले गरेको थियो । सन् २००७ मा सार्वजनिक भएको आइफोनको होम बटनसहित विभिन्न डिजाइन सामसङले चोरी गरेको आरोप एप्पलको थियो । सन् २०११ मा एप्पलले सामसङविरुद्ध क्षतिपूर्तिको दाबीसहित मुद्दा दायर गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

संयुक्त राष्ट्रसंघ (यूएन) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार समुद्रको सतह पहिलेभन्दा धेरै छिटो बढिरहेको छ। समुद्रको पानी तात्नु र हिमनदीहरू…

भोटेकोशी बाढीबाट प्रभावित पीडितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राजनीतिक दलहरूले आर्थिक सहयोग घोषणा गरेका छन्। नेकपा एमालेले प्रधानमन्त्री दैवी…

विनाशकारी बाढीपछि बेपत्ता भएका जलविद्युत् आयोजनाका कामदारहरूको खोजी तथा उद्धार कार्यलाई नेपाल सरकारले तीव्र बनाएको छ। विशेषगरी विभिन्न जलविद्युत् आयोजनाका…

प्रतिकृयाहरू
...