Thursday 23rd April 2026

कुवेतमा मकवानपुरकी सरिता थिङको मृत्यु


हरी कृष्ण न्यौपाने-काँकडा-१ चुरियामाइ,मकावनपुर घर भई केही समय देखी कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत सरिता थिङको कुवेतको आदान अस्पातलमा उपचारकै क्रममा मृत्‍यु भएको छ । ग्यास्ट्रिक बिग्रिएर अल्सर भए पछी अस्पातल भर्ना भएकी थिङको १० जनावरी, आईतवार,२०२१ का दिन मृत्‍यु भएको हो।

नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिब श्रीकृष्ण सिलवालले सरिता थिङको मृत्‍यु भएको पुष्टी गर्दै भने”ग्यास्ट्रिक बिग्रिएर अल्सर भैसकेकी र आदान अस्पातलमा उपचारको क्रममा मृत्‍यु भएकी सरिताको रेकर्ड हेर्दा उनी बिरुद्द २ बर्ष अघी घरबाट भागेको(रनवे) केश परेको देखिन्छ।उनी अबैधानिक रुपमा लुकेर काम गर्दै आएको र भारतीय बाटो हुँदै आएको देखिन्छ। मृतकको परिवार संग संपर्क भएको र लाश पठाउने सन्दर्भमा कानुनी प्रकृया शुरु गरिएको छ।तर सरिता स्पोन्सरबाट भागेको र श्रम नगरी आएका कारण शब नेपाल सम्म पुर्याउन लाग्ने खर्च मृतकको परिवार वा सहयोगीहरुको सहयोगमा मात्र सम्भब हुने देखिन्छ।”


सम्बन्धित शीर्षकहरु

Donald Trump का बयानहरूले सुरुमा आशा जगाए पनि, केही घण्टामै इरानको कडा प्रतिक्रिया आउनु भनेको दुवै पक्ष अझै पनि आफ्नै…

काठमाडौं — नेपाल र संयुक्त अरब इमिरेट्सबीचको टी–२० अन्तर्राष्ट्रिय सिरिजको सुरुवातअघि आयोजित उद्घाटन समारोहमा गम्भीर प्राविधिक त्रुटि देखिएपछि विवाद उत्पन्न…

काठमाडौं — भारतबाट खरिद गरी नेपाल ल्याइने सामानमा भन्सार शुल्क तिर्नुपर्ने विषयमा देखिएको अन्योलबारे सरकारले स्पष्ट पारेको छ। १०० रुपैयाँभन्दा…

प्रतिकृयाहरू
...