Thursday 22nd October 2026

कोरोना संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु


तितोपाटी- कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार योसाता यूकेमा दुईजना र मलेसिया एक नेपालीको मृत्यु भएको हो ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट विदेश (२० देश) मा ३१७ संक्रमित पुगेका छन् ।

संघको स्वास्थ्य समिति संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ८ सय ४६ नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५१ हजार एक सय १६ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९३ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता मलेसिया, साउदी अरब, जापान, दक्षिण अफ्रिका, बेलायत, भारत, यूएईमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा १९ सय १२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६४ हजार १ सय ५९ छ भने २ लाख ५७ हजार २ सय २९ जना अर्थात् ९७.१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।


सम्बन्धित शीर्षकहरु

जलवायु परिवर्तनका कारण हुने हानि–नोक्सानी सम्बोधन गर्न स्थापना गरिएको ‘हानि–नोक्सानी कोष’ (Loss and Damage Fund) ले नेपाललाई २० मिलियन अमेरिकी…

वेबसाइट निर्माण र सञ्चालनका लागि विश्वभर व्यापक रूपमा प्रयोग हुने ‘पीएचपी’ (PHP) नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी फेला…

साउदी अधिकारीहरूका अनुसार यमनतर्फबाट आएको भनिएको ड्रोनले शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई निशाना बनाएको थियो। साउदीको हवाई प्रतिरक्षा प्रणालीले…

प्रतिकृयाहरू
...