Sunday 10th August 2025

गजल -कपिल देव भट्टराई


खै किन यहाँ दण्डहिनता बढेको छ ।
मरौला भन्दैन मनुष्य मात चढेको छ ।।

परिवर्तन सम्बाहक भन्दै हिडे तापनि,
रुढीवादी परम्परामा सोच गडेको छ ।

कर्मको फल पाउने दिन आउँछकी आउदैन,
अशिक्षित भन्दा शिक्षित झन सडेको छ ।

जताततै हत्याहिंसा भ्रष्टाचारले व्याप्त छ,
जन्मभूमिको हालत देखेर मन डढेको छ ।

कपिल देव भट्टराई
हाल – युयर्इ


सम्बन्धित शीर्षकहरु

रबि केन्द्रमा, देशको राजनीतिक ध्रुवीकरण आज नेपालको राजनीति रबि लामिछाने वरिपरि घुमिरहेको छ। जसरी सत्ताको उन्मादले उनलाई निरन्तर अत्याचार गरिरहेको…

हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई गाजा युद्धविराम वार्तालाई जानाजानी तोडफोड गरेको आरोप लगाएको छ र पट्टीको पूर्ण सैन्य नियन्त्रण लिने…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई अमेरिकी आणविक पनडुब्बीहरू रूसको नजिक सारेको बताएको केही दिनपछि रूसी र चिनियाँ नौसेनाहरूले जापानको सागरमा…

प्रतिकृयाहरू
...