Wednesday 23rd July 2025

कविताः सडक सँगको नाता -नारायण कोइराला


म सानी थिएँ ,सडकले पोल्यो,
खुल्ला आकाश मेरो आश्रय भयो।
न आए कोहि एकछाक खाना खुवाउन,
भोक र पियासी यो आत्मा बुझाउन।।

फोहोरका कन्टेनर मेरा मित्र भए,
सहरका जनावर मेरा साथी थिए।
उनी सग खेल्दा खेल्दै जवानी चडे,
अनि बल्ल भमराहरु मेरो नजिक आउन थाले।।

एक रातको समय अध्यारो थियो,
मेरो फक्रिएको फूल टिप्ने उनको इच्छा भयो।
बदलामा मलाई पैसाको नोट मिल्ने भए,
मेरा मनमा अनेक सोच विचार पनि आए।।

सडकको जवानी सडकमा मासियो,
मेरो शरिरबाट मेरो इज्जत खोसियो।
उनको पनि के दोष,उनलाई मैले दिएँ,
बदलामा उनी सँग कालो धन लिएँ।।

यो मेरो बाध्यता म दोष कसलाई दिनु?
जिउनु छ मलाई अरूको गरम विस्तारा बनी।
दिनभरी बेश्या , म हुँ रातकी परी पनि ,
गाली गर्नेहरू रातमा खेल्छन् म सँगै हनिमुन।।

लुच्छन् मलाई तानी ,तानी प्यासी शेर बनि,
फेरि पनि चुप बस्नु पर्ने वाध्यता छ मेरो पनि।
यस्तै छ मेरो पेसाको यथार्थता को संग सोध्नु ?
यो काम नगरे म भोकै रहन्छु अनि म के गर्नु।

कि मलाई काम देऊ, की देऊ सम्मान,
कहिले सम्म रुने? अनि सहने अपमान।
एक पल्ट यो अवस्थाको विचार गर्दिनु,
हामी पनि मानिस हौं यो सबैले बुझदिन्नु।।

नारायण कोइराला
तानसेन पाल्पा
हाल यूएई


सम्बन्धित शीर्षकहरु

पाकिस्तानमा नवविवाहित जोडीको त्रासदीपूर्ण हत्या गर्ने ११ जना संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ क्यूएट्टा, पाकिस्तान, जुलाई २१, (एपी): दक्षिणपश्चिम पाकिस्तानको…

"यदि तपाईं शान्ति चाहनुहुन्छ भने, तपाईं युद्धको लागि तयार हुनुपर्छ।" यो भनाइ सत्य हो, कम्तिमा युरोपेली देश स्विट्जरल्याण्डको सन्दर्भमा। स्विस…

केही झिल्का कविताहरू १. लेखौँ झिल्का कविता भावलहर बगेर जावस् बनोस् दिव्य सरिता । २. भावगङ्गामा नुहाउन जाऊँ मनका फोहर…

प्रतिकृयाहरू
...