Wednesday 22nd July 2026

तमु समाज कुवेतले यस वर्षको ल्होछार भोली शुक्रबार रक्तदान गरेर मनाउँदै


तीतोपाटी – तमु समाज कुवेतले यस वर्षको ल्होछार भोली १ जनवरी २०२१ शुक्रबारको दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल ब्लड बैंकमा रक्तदान गरेर मनाउने भएको छ ।

“रक्तदान जिवनदान” भन्ने मुलमन्त्रलाइ आत्मसात गर्दै हरेक वर्ष नेपाली समुदाय विच रक्तदान कार्यक्रम संचालन गर्दै आएको तमु समाजले यस वर्ष कोभिड-१९ महामारीको कारण कुनै किसिमका भेला जम्मा र जमघट गर्न स्वास्थ्यको दृष्टिले जोखिमपुर्ण हुने भए पछि समुदायमा भिडभाड हुने कुनै गतिविधि नगरे पनि तमुहरूको महान चाड तमु ल्होछारको अवसरमा भने सामाजिक दूरी राखेर रक्तदान गर्ने संस्थागत निर्णय गरिएको कुरा समाजका संरक्षक खोप गुरूङले तीतोपाटी डट कम संगको कुराकानी बताएका हुन् ।

कुवेतको नेपाली समाजमा पहिलो पटक संस्थागत रूपमा रक्तदान जस्तो पुन्यको काम गरेर अघि बढेको सामाजिक र मानविय सेवाका कार्यमा कटिवद्ध तमु समाज कुवेतले यस  अघि ६ पटक सम्म अाैपचारिक रक्तदान कार्यक्रम गरेकोमा यस पटक भने कोभिड महामारिको कारण सामाजिक दूरी कायम गर्नु पर्ने तथा स्वास्थ्य सतर्कता अपनाउनु पर्ने भएकोले तत्कालको लागि औपचारिक रक्तदान कार्यक्रम नगरी समाजका सदस्यहरूले आन्तरिक रूपमा रक्तदान गरेर ल्होछार मनाउन लागे पनि रक्तदान गर्न इच्छुक कुवेतवासी नेपाली दाजुभाइ दिदीबहिनीहरूले  कुनै किसिमको भिडभाड नगरी व्यक्तिगत रूपमा रक्तदान जाब्रिया स्थित ब्लड बैंकमा उपस्थित भएमा तमु समाजले स्वागत गर्ने जनाएको छ ।

अहिले विषम् परिस्थितिमा भेला जम्मा हुन तथा हुल हुज्जत गर्न स्वास्थ्यको दृष्टिले असुरक्षित भएकोले स्थिति सामान्य भएपछि नियमित साताैं चरणको रक्तदान गरिने छ भन्दै तमु ल्होछार विशेष भोलीको रक्तदानमा रक्तदान गर्न इच्छुक दाजुभाइ तथा दिदीबहिनीहरूले तपसिल बमोजिमको स्थान र समयमा व्यक्तिगत रूपमा उपस्थित भएर सामाजिक दुरीको पालना गर्दै रक्तदान गर्न सकिने पनि तमु समाज कुवेतले जनाएको छ ।
तपसिल
स्थानः सेन्ट्रल ब्लड बैंक जाब्रिया, कुवेत ।
समयः दिउँसोको ठिक १ः३० बजेदेखि ३ः३० बजे सम्म (जम्मा २ घण्टा)

सम्बन्धित शीर्षकहरु

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

भारतीय राजनीतिज्ञ, लेखक तथा कूटनीतिज्ञ शशि थरूरद्वारा लिखित Why I Am a Hindu समकालीन भारतमा हिन्दू धर्म, हिन्दुत्व र धर्मनिरपेक्षताको…

इरान–अमेरिका वार्तामा मध्यस्थको भूमिका निर्वाह गरेपछि पाकिस्तानले अमेरिकासँग १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता सुविधा (Exchange Stabilisation Support Facility)…

प्रतिकृयाहरू
...