Thursday 17th September 2026

१२ वर्ष अघिको चर्चित अपहरण काण्डमा संलग्न कुमार पक्राउ


१२ वर्ष अघिको एक अपहरण काण्डका दोषी पक्राउ परेका छन्। काठमाडौंको भ्याली कोल्ड स्टोरका मालिक बाबुराजा रावलको अपहरणमा संलग्न रही वर्षौंदेखि फरार रहेका सर्लाहीका कुमार बुढाथोकीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो। बुढाथोकीलाई पक्राउ गरेको सीआईबीका डीआईजी सहकुल थापाले पुष्टि गरे।

रावलको २०६५ पुसमा अपहरण भएको थियो। उदय सेट्टीको समूहले रावललाई एक हप्ता बन्धक बनाएर १ कोरोड ५० लाख फिरौति रकम असुलेको थियो।  अपहरणमा संलग्न उदय सेट्टी र प्रल्हाद महत यस अघिनै पक्राउ परिसकेका छन्। उनीहरुलाई काठमाडौं जिल्ला अदालतले २३ वर्षको जेल सजाँय फैसला गरेको थियो।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो…

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्।…

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने…

प्रतिकृयाहरू
...