Tuesday 20th January 2026

नायिका पूजना प्रधानको ‘मन मान्दैन’ बोलको गित (सार्वजनिक)


तितोपाटी- नायिका पूजना प्रधानको अभिनयमा रहेको गीत ‘मन मान्दैन’ बोलको गित यूट्यूबद्वारा सार्वजनिक भएको छ । अरुण देव यादब र सन्जीवनीको स्वर रहेको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

आनन्द अधिकारीको शब्द, शिखर सन्तोषको सङ्गीत रहेको गीत पूजना फिल्म्स प्रोडक्सन बाट प्रस्तुत गरिएको हो । गीतको भिडियोमा पूजना प्रधानको साथमा सुनिल श्रेष्ठको अभिनय छ ।

भिडियोमा कबिराज गहतराजको कोरियोग्राफी, सुदिप बरालको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ । गीत जती सुमधुर छ भिडियो पनि उत्तिकै उत्कृष्ट बनेकोले दर्शक/स्रोताले मन पराउनेमा आफू आशाबादी रहेको नायिका प्रधानको भनाइ छ


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...