Saturday 3rd October 2026

चुलिँदो आप्रवासी समस्या, डेढ अर्ब रोजगारीका लागि विदेशी भूमिमा


तितोपाटी- आज १८ डिसेम्बर अर्थात् २० औं अन्तर्राष्ट्रिय आप्रवासन दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघले १ डिसेम्बर, सन् १९९० मा आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरेको थियो । सन् १९९० मा महासन्धि पारित भए पनि आप्रवासी दिवस भने सन् २००० बाट मनाउन सुरु गरिएको हो ।
विगतका वर्षमा जस्तो यो वर्ष आप्रवासन दिवस कोरोना भाइरसका कारण आप्रसावीले राम्ररी मनाउन पाएनन् । वैदेशिक रोजगारी, शिक्षा, विभिन्न पेसासँगै व्यवसाय गर्न एक देशबाट अर्को देशमा मानिसहरूको आवतजावत गर्ने क्रम बढ्न थालेपछि यो दिवस मनाउन थालिएको छ ।
विश्वव्यापीकरणसँगै यातायात, सञ्चार प्रविधि, रोजगार र शिक्षाले फड्को मारेपछि श्रम तथा रोजगारीको बजार साँघुरिँदै जाँदा एक ठाउँबाट अर्को ठाउँमा मान्छे सर्ने क्रम पनि बढ्दो छ ।
विगत पाँच दशकयता वैदेशिक रोजगारी, विदेश अध्ययन र व्यापारका लागि नेपालीहरू विभिन्न देश जाने क्रम बढ्दै गएपछि नेपालमा पनि यो दिवसको महत्त्व झनै बढेको छ ।
नेपालमा सरकार, स्वदेशी तथा विदेशी गैरसरकारी संघ संस्था, ट्रेड युनियन, निजीक्षेत्रसमेतको संयुक्त समन्वयमा यो दिवस मनाउँदै आएको छ ।
गत वर्ष ‘सीप र रोजगार आर्थिक समृद्धिको आधार’ भने नाराका साथ विगत वर्षमा जस्तै यस वर्ष पनि विविध सचेतनामूलक कार्यक्रमका साथ आप्रवासन दिवस मनाइएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । यो वर्ष कोरोना भाइरसका कारण केही कार्यक्रम सार्वजनिक रूपमा नगरिएको श्रम मन्त्रालयले जनाएको छ ।
सरकारले वैदेशिक रोजगारी व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने प्रयास गरिरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले बताए । नेपालमा आप्रवासन दिवसले ठूलो महत्त्व र मनाउन नागरिक संख्या पनि धेरै भएको विभागका महानिर्देशक दहालले बताए । रमेश भरतीले शिलापत्रमा लेखेका छन।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...