Saturday 21st February 2026

कुवेतमा अबैधानिक भएका आप्रवासीहरुलाई बैधानिक हुन एक महिनाको समयावधि


हरि कृष्ण न्यौपाने- कुवेत सरकारले लामो समय सम्मको कोरोनाको महामारी लगायत बिबिध कारणले आफ्नो आबासिय अनुमती (भिसा) सकिएका वा बैधानिकता गुमाएका आप्रवासी कामदारहरुलाई जरिवाना तिरेर भिसा लगाई बैधानिक हुन सक्ने अबसर दिएको छ। डिसेम्बर ०१ देखि एक महिनाको समयावधि भित्र अबैधानिक बनेका आप्रवासी कामदारहरुले यो सुबिधा लिन सक्नेछन।

कुवेतबाट प्रकाशित अरब टाइम्सका अनुसार कुवेत सरकारले कुवेतको ६ वटै गभर्नरेट अफिसबाट बिबिध कारणले बैधानिकता गुमाएका आप्रवासीहरुले बैधानिक बन्ने प्रक्रिया गर्न पाउने ब्यवस्था गरेको छ । उनीहरुले कुवेत सरकारको सरकारी निकायको अनलाइन एप्लिकेश्नबाट एपोइन्टमेन्ट (भेट्ने समय)लिनु पर्ने छ । कुवेत सरकारले हरेक गभर्नरेट अफिसबाट दैनिक ४०० जना (६ वटा गभर्नेटबाट २,४०० जना)ले यो सुबिधा उपयोग गर्न सक्ने जनाएको छ । समाचारमा भनिएको छ “कुवेतमा करिब १ लाख ३० हजार अबैधानिक आप्रवासी कामदारहरु रहेको अनुमान गरिएको छ । त्यसै गरि करिब ४० हजार आप्रबासीहरुले यसरी जरिवाना तिरेर बैधानिक हुन पाउने यो १ महिनाको सुबिधा लिन सक्ने आँकलन गरिएको छ।

यसै बिच यस अघि नै विभिन्न माध्यमबाट कुवेत सरकारले “clean up the country “क्याम्पियन मार्फत कुवेतमा अबैधानिक रुपमा लुकि-छिपी बसेर काम गर्ने आप्रबासीहरुलाई पक्राउ गर्दै देश निकाला “डिपोर्टेशन” गरिने बताउदै आएको छ। त्यस्तै आममाफी (एम्नेस्टि ) खुल्ने हल्लाको पछि नलाग्न र कुवेत सरकारको सरकारी निकायहरुबाट प्रकाशित र प्रसारित समाचारमा मात्र बिश्वास गर्न पनि कुवेत सरकारेले सबैलाई अनुरोध गरिसकेको छ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको सुरक्षा संरचनामा पुनः एकपटक ठूलो भू–राजनीतिक भूकम्पको संकेत देखिन थालेको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकालमा सुरु भएको कडा…

नेपालको समकालीन राजनीतिमा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशको केन्द्र सुर्खेतबाट आफ्नो वाचापत्र सार्वजनिक गरेको…

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

प्रतिकृयाहरू
...