Thursday 20th August 2026

प्रतिबन्ध लागेका देशबाट डिसेम्बर ७ देखि सिधा उडान मार्फत घरेलु कामदार ल्याइने


तीतोपाटी – कुवेत सरकारले सिधा उडानमा प्रतिबन्ध लागेका देशमा छुट्टीमा गएर रोकिएका घरेलु कामदारलाइ आगामी ७ डिसेम्बर देखि सिधा उडान मार्फत कुवेत आउन पाउने निणर्य गरेको छ । कुवेत सरकारका प्रवक्ता तारिक अल-मुजरिमको भनाइलाइ उधृत गर्दै अरब टाइम्समा प्रकाशित समाचारमा जनाइए अनुसार त्यसरी ल्याउने घरेलु कामदारका लागि उडान खर्च छोडेर इन्टिच्युसनल क्वारेन्टिन खर्च २७० केडि तोकिएको छ । कोभिड-१९ महामारीको जोखिमको कारण कुवेतले विश्वभरका ३४ देशबाट सिधा उडानमा प्रतिबन्ध लगाएपछि ति देशबाट सिधा उडान नहुँदा छुट्टीमा गएका कामदारहरू फर्कन पाएका छैनन् ।

यस अघि विभिन्न मिडियामा प्रकाशित समाचारका अनुसार सिधा उडान भर्न प्रतिबन्ध लगाइएका ३४ मुलुक मध्ये भारत, श्रीलंका, बंगलादेश, नेपाल र फिलिपिन्समा छुट्टीमा गएका घरेलु कामदारलाइ सिधा उडान मार्फत कुवेत फर्कनको लागि भारतको लागि ११० केडि, श्रीलंका, नेपाल र बंगलादेशका लागि १४५ केडि र फिलिपिन्सका लागि २०० केडि उडान भाडा तोकिएको थियो भने सिधा उडान भर्नका लागि सरकारले कुवेत एयरवेज र जजिरा एयरवेजलाइ अनुमित दिइसकेको छ । त्यसै गरि कुवेतबाट छुट्टीमा गएका करिब ८० हजार घरेलु कामदारहरू कुवेत फर्कन पर्खाइमा बसेको जनाइएको छ । ति कामदारहरूलाइ सुरक्षित रूपमा कुवेत भित्र्याउन दैनिक ६०० का दरले कामदार फर्कन दिने व्यवस्था गरिएको छ । कुवेतमा कोभिड-१९ को कारण गत मार्च देखि जुलाइ सम्म लकडाउन भइ अगष्ट १ देखि अन्तर्राष्ट्रिय उडान खुले पनि कोरोनाको जोखिमको कारण जोखिमयुक्त रहेका ३४ राष्ट्रबाट सिधा उडान मार्फत कुवेत फर्कन दिइएको थिएन ।

कुवेत सरकारले यो सुविधा दिए पनि नेपाली घरेलु कामदारको हकमा भने नेपाल सरकारले दिएको सुविधा अन्तर्गत एक पटकको लागि श्रम इजाजत नविकरणको लागि योग्य मानिएर दूतावासबाट कुवेत प्रवेश अनुमति पत्र लिएर नेपाल छुट्टीमा गएका घरेलु कामदार मात्र फर्कन पाउने देखिन्छ । यसरी हेर्दा पहिले श्रम स्विकृति लिएर आएका र हाल श्रम स्विकृत भइसकेकाहरू जो पुरानो काम गरेको घरमा नै आउन चाहन्छनू उनीहरूले मात्र यो सुविधा पाउने देखिन्छ ।

कुवेत सरकारले सिधा उडान प्रतिबन्धित ३४ राष्ट्रबाट घरेलु कामदारलाइ ल्याउने निणर्य गरे पनि छुट्टीमा गएर कुवेत फर्कने पर्खाइमा बसेका कम्पनीमा काम गर्ने कामदारहरूका लागि भने सिधा उडानको व्यवस्था अहिले सम्म गरेको छैन । सिधा उडान नभए पनि कुवेत यात्रा गर्न अनुमित भएका तेश्रो मुलुक हुँदै भने कम्पनीमा काम गर्ने कामदारहरू फर्किरहेका छन् । यसका लागि कुवेत सरकारले अगष्ट १ देखि नै यात्रा अनुमति भएका राष्ट्रमा २ हप्ते क्वारेन्टिमा बसेर फर्कने विदेशी कामदारलाइ कुवेत आउन अनुमति दिएको थियो ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) र इरानबीच नयाँ विवाद उत्पन्न भएपछि मध्यपूर्वमा तनाव थप बढेको छ। बुधबार बिहान, अगस्ट १९, इरानी…

कुवेतको गृह मन्त्रालयअन्तर्गत लागूऔषध नियन्त्रणसम्बन्धी महानिर्देशनालयले देशभर सञ्चालन गरेको विशेष सुरक्षा तथा निगरानी अभियानका क्रममा विभिन्न राष्ट्रियताका २२ जना संदिग्धलाई…

दमास्कस — सिरियाको पूर्व राष्ट्रपति बशर अल–असदको शासनकालमा सञ्चालन भएको भनिएको गोप्य परमाणु कार्यक्रमसँग सम्बन्धित एउटा पहिले घोषणा नगरिएको स्थानमा…

प्रतिकृयाहरू
...