Wednesday 24th December 2025

एनआरएन साउदीद्वारा ५ सय अलपत्र नेपालीलाई खाद्यान्न सहयोग


तितोपाटी- साउदी अरेबियामा कोभिड १९ र अन्य कारणले अलपत्र परेका ५ सय ३ जना नेपालीलाई एनआरएन साउदीले खाद्यान्न सहयोग गरेको छ। यो सँगै १२ जना नेपालीलाई हवाई टिकटको व्यवस्था समेत गरेको छ ।

एनआरएन साउदीका अनुसार कोभिड १९ को मध्यनजर गर्दै साउदीमा कार्यरत नेपालीलाई आवश्यक पर्ने सहयोगको लागि उचित कदम चाल्नुको साथै हवाई टिकट,सेल्टर व्यवस्थापन, स्वदेश फिर्ता (होम व्यवस्थापन ) लगायत विभिन्न कार्यमा गरी हालसम्म ४७ हजार ६ सय ५३ साउदी रियाल सहयोग गरेको जनाएको छ।

तत्कालका लागि ‘कोरोना उद्दार महाअभियान’ समेत सुरूवात गरेको छ। जसअन्तर्गत रोजगारी गुमाएर खाना बस्न सेमत नपाएका नेपालीको लागि तत्काल आवास (सेल्टरको) व्यवस्था गर्ने, आवश्यक अनुसार खानाको व्यवस्थापन गरिने, अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ताका लागि हवाई टिकटस्वरूप प्रति पीडित व्यक्ति २ सय अमेरिकी डलरको व्यवस्था गरिने र स्वदेश फिर्ताका लागि आवश्यक पर्ने कोरोना टेस्टीङ (पीसीआर) रिपोर्टका लागि ८० अमेरिकी डलरको व्यवस्था गरेको छ।

साथै स्वास्थ्यसम्बन्धी उपचारको लागि सहयोग गर्नेलगायत स्वदेश फिर्ता हुने क्रममा काडमाडौं बिमानस्थलबाट आफ्नो घर सम्म जानको लागि यातायातको व्यवस्था समेत गरिने भएको छ ।

कोरोना महामारीसँगै एनआरएन साउदीले अलपत्र परेका नेपालीको सहयोगको लागि दूतावास परिवार,सामाजिक संघसंस्थालगायत भातृसंगठनसँग समन्वय गरी सहकार्य गर्दै आएको छ। संस्थामा हालसम्म ६ वटा क्षेत्रीय समन्वय समिति र ५ वटा स्थानीय समन्वय समिति गरी १ हजार २ सय ५० पञ्जिकृत सदस्य रहेका छन् ।
-साभार अन्नपूर्णपोस्टबाट


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

प्रतिकृयाहरू
...