Tuesday 17th February 2026

२० लाख तिरेर साउदी जेलबाट छुटे


तितोपाटी- ७ बर्षदेखि साउदीको जेलमा बन्दी जीवन बिताइरहेका म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरे स्वदेश फर्किएका छन्। मोरङका कमल वस्तीको हत्याको आरोपमा जेलमा रहेका निउरेलाई आवश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी (क्षतीपूर्ति) तिरेपछि शुक्रबार साँझ काठमाडौं आइपुगेका छन्। वैदेशिक रोजगारीको क्रममा २०६८ जेठ २ गते साउदी अरबमा पुगेका निउरे आफ्नै कम्पनीम कार्यरत सहकर्मीको कुटपिटबाट गम्भीर घाईते भएको अवस्थामा उपचारका लागि अस्पतालमा लैजाने क्रममा ज्यान गएपछि दोषी ठहर गरिएको थियो।

साथीहरू बिच झगडा भएपछि गम्भीर घाईते अवस्थामा रहेका वस्तीलाई उपचारका लागि अस्पतालमा लैजाने क्रममा फिंगर प्रिन्टलाई आधार मानेर निउरेलाई जेलमा राखिएको थियो। साउदी सरकारले तोकेको पाँच वर्षे सजायको कैद भुक्तान गरेपनि जेलमै रहेका निउरेलाई जेलमुक्त गर्न विभिन्न देशमा रहेका म्याग्देली आवद्ध रहेको मोना तथा अन्य संघसंस्थामार्फत ‘राजकुमार निउरे बचाउ अभियान’ सुरु भएको केही महिनामै आवश्यक पर्ने ब्लड मनी संकलनको प्रयास सफल भएपछि साउदी जेलमुक्त भएका हुन्। निउरे घर फिर्ती अभियानको संयोजन गरेको मोना अन्तराष्ट्रियमार्फत ब्लड मनी (क्षतीपूर्ति) का लागि १५ लाख सहयोग हस्तान्तरण गरेको थियो।

जेलमुक्त भएर छोरा फर्किने समाचारले निउरेको परिवारमा खुसीयाली छाएको छ। स्वदेश ल्याउने प्रयास सफल भएको राजकुमारकी दिदी पुनम खत्रीले बताईन्। ‘भाई फर्किने खवरले खुसीको सीमा छैन्,‘आमाबुबाको वषौंदेखि बगेको आँसु बल्ल रोकिन्छ’ उनले भनिन्।उनले सहयोग संकलन अभियानमा सक्रिय सबैलाई धन्यवाद दिदैं संकलित सबै आर्थिकको जानकारी दिने बताईन्। निउरे फिर्ती अभियान गाउँदेखि विदेशसम्म सञ्चालन गरिएको थियो। मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जालीले आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

साभार नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

लुलु हाइपरमार्केटले यस हाला फेब्रुअरीमा कुवेतको राष्ट्रिय तथा मुक्ति दिवसहरूलाई ‘I Love My Kuwait’ नामक भव्य प्रमोसन मार्फत अविस्मरणीय किनमेल…

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

प्रतिकृयाहरू
...