Tuesday 19th May 2026

कुवेतमा २०५ औ भानु जयन्ति बिशेष रचना बाचन गर्दै सम्पन्न


बसन्त थापा कुवेत – बिश्व नेपाली साहित्य महासंघ कुवेतको आयोजनामा २०५ औ भानु जयन्ती तथा साहित्यबाचन कार्यक्रम जलिब स्थित पपिन्स हलमा गत सुक्रवार,१३ तारिकका दिन भव्य रुपमा सम्पन्न भएको छ।

भानुभक्तलार्इ स्मरण गर्दै साहित्य वाचन गरिएको उक्त कार्यक्रमको सभापतित्व साहित्यकर्मी प्रेम कटवालले गरेका थिए भने प्रमुख अथिति नेपाली दुतावास कुवेतबाट श्रम सहचारी ज्ञानेन्द्र शर्मा रहेका थिए।

राजेन्द्र बिरहीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा  महिला पत्रकार नैना कला राइले कार्यक्रममा उपस्थित सबैलार्इ स्वागत गरेकी  थिइन् ।
उक्त कार्यक्रममा कुवेतको एक दशक भन्दा लामो समयको बसाइलाइ बिट मार्दै नेपाल फर्कन लागेका गजलकार मनोज मनसुन काफ्लेलार्इ सम्मान तथा बिदाइ गरिएको थियो।

रचना बाचन कार्यक्रममा- मनोज काफ्ले, नैना कला राइ, प्रविन आचार्य बिमल श्रेष्ठ, आकास सेर्पा यात्री, माधव पाैडेल असल यात्री, निरुमाया खड्का हिमाल अन्जान सानु लामा, पुर्णिमा बूढा मगर, धनुमाया बिक,प्रसाद तिम्सिना, जानकी जानु, राजन श्रेष्ठ लगायतको रचना बाचन रहेको उक्त कार्यक्रममा कविहरुले कतै देश सम्झिए, कतै माया प्रेमका भावलाइ सम्झिए त् कतै प्रदेश बस्दाका दुःखद अनुभवहरुका रचना बाचन गरेका थिए भने सो कार्यक्रमको संचालक गजलकार अमर खड्काले गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

नेपालका दुई प्रसिद्ध पर्वतारोही गाइडहरूले सगरमाथा आरोहणमा नयाँ इतिहास रचेका छन् । “एभरेस्ट म्यान” भनेर चिनिने कामी रिता शेर्पाले ३२औँ…

नेपालको लोकतान्त्रिक संरचनामा शक्ति पृथकीकरण केवल सैद्धान्तिक विषय होइन, राज्य सञ्चालनको आधारभूत मान्यता हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—तीनवटै अंगले…

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

प्रतिकृयाहरू
...