Thursday 23rd July 2026

कोरोना अपडेट नेपालः २८५६ संक्रमित हुँदा ३३३६ डिस्चार्ज भए, थप ५ जनाको मृत्यु


तीतोपाटी – पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार आइतबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ४५ हजार ५ सय ७२ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ३ सय ३६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको र योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा १२ हजार ३ सय ११ पीसीआर परीक्षण भएकोमा देशभर संक्रमण केहि कम देखिए पनि मुलुकको राजधानी काठमाडौँ उपत्यकामा भने सं थप १ हजार ५ सय ३५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडाैंमा १ हजार २ सय २५ जना, भक्तपुरमा १ सय ६३ जना र ललितपुरमा १ सय ४७ कोरोना संक्रमित थपिएका छन् । संक्रमितमा ६ सय २९ महिला र ९ सय ६ पुरुष छन् ।

 


सम्बन्धित शीर्षकहरु

युरोपमा बढ्दो सुरक्षा चुनौतीका बीच जर्मनीले आफ्नो हवाई प्रतिरक्षा क्षमतालाई अभूतपूर्व रूपमा सुदृढ बनाउने निर्णय गरेको छ। त्यसका लागि उसले…

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

प्रतिकृयाहरू
...