Thursday 13th November 2025

नेपालमा कोरोनाबाट २४ घण्टामा २६ जनाको मृत्यु, मर्नेको संख्या ७९१ पुग्यो


तीतोपाटी – नेपालमा कोरोना संक्रमणबाट २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लाका गरी थप २६ जनाको मृत्यु भएको बुधबार पुष्टि गरेको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ भने दैनिक मृत्यु हुनेमा यो संख्या अहिले सम्मकै उच्च संख्या हो । काठमाण्डाैं उपत्यकामा सर्वाधिक सङ्क्रमित भेटिने क्रम जारी छ। अहिले पुष्टि भएका सङ्क्रमितमध्ये ३,१०७ जना काठमाण्डाैं उपत्यकाका तीन जिल्लाका हुन्।

पछिल्लो २४ घण्टामा बुधबार थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १ लाख ४४ हजार नाघेको छ भने देशभरी सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको छ । त्यसै गरि पछिल्लो २४ घण्टामा २ हजार ९ सय ९६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् भने हालसम्म कोरोना मुक्त हुनेको संख्या ९९ हजार ६०५ जना पुगेको छ ।

२४ घण्टामा जम्मा २० हजार ११८ पीसीआर परीक्षण भएका छन् । हालसम्म पीसीआर विधिबाट १३ लाख ३४ हजार ८९७ परीक्षणहरु गरिएका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...