तितोपाटी- बाँचेको किन कोरोना तिमी निष्ठुरी बनेर ।
पुकारा गरे धेरैले यहाँ हे आमा भनेर ।
मनका इक्षा मनमै कैदी हामीले पारेको ।
योजना जति पछिको लागि धकेली सारेको ।
धेरैको यात्रा बाटोमै ठप्प अलत्र पारेको ।
भुसुनै सरी ठानेर तिमी कुल्चेर मारेको ।
लुकेर हिड्ने मानव साथ मानव गरेको ।
छोपेर हिड्न मुहार पनि बाध्यता परेको ।
दयाको खेती हुँदैन पक्कै पापीको घरमा ।
बोकोले ढुक्क सुम्पियो जीउ कसाही भरमा।
कोरोना नाम सुन्दैमा कान बहिरो बनेको ।
असंख्य भयो मर्नेको संख्या दुनियाँ तड्पेको।
दिनहुँ काम गरेर खाने निमेकी विचरा ।
भोकले रुँदै शोकमा डुबी गरेका पुकारा ।
दिन र राति दु:खको ताँती शोकले टोकेर ।
मारेको जाती गुण्डाकै भाँती छुराले रोपेर ।
हजारौ आमा हरुको तिमी काख नै रित्यायौ।
प्रशस्त चेलीहरुको सिन्दुर छिनमै सिध्यायौ ।
कुनामा लुकी कतिको ज्यान तत्काल जिप्ट्यायौ ।
अनेक कष्ट कहर सबै तिमी नै निम्त्यायौ ।
धन्यवाद ।
हरि शर्मा(सुवेदी)
मिशिगन, अमेरिका ।