Monday 22nd June 2026

लामो दुरीका सवारी ५० प्रतिशत भाडा बढाएर असोज १ गतेबाट सञ्चालन हुने


तितोपाटी – सरकारले स्वास्थ्य मापदण्ड र सर्तसहित लामो दुरीका सार्वजनिक सवारी साधन र आन्तरिक उडान असोज १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । लामो दुरीको सार्वजनिक सवारीमा ५० प्रतिशत भाडा वृद्धि गर्न पाइने छ । गत चैत ११ मा जारी भएको लकडाउनपछि बन्द रहेका आन्तरिक उडान र लामो दुरीका सवारी असोज १ गतेबाट सञ्चालन गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

आन्तरिक उडान र लामो दुरीका सवारीसँगै असोज १ बाट नै होटल, रेस्टुरेन्ट, ट्रेकिङ तथा ट्राभल व्यवसाय पनि सञ्चालन गर्न सकिने सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार लामो दुरीको सवारीमा ५० प्रतिशत भाडा बढी लिन सक्ने व्यवस्था पनि सरकारले गरेको छ । तर हवाई भाडाको दर भने पर्यटन मन्त्रालयले तोकेअनुसार हुने छ ।

लामो दुरीको यातायात सञ्‍चालनका लागि सरकारले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नु पर्ने निर्णय गरेको छ । सर्तअनुसार ५० प्रतिशतमात्रै यात्रु बोक्न पाइने, प्रत्येक १ पङ्तीको सिटमा १ जनामात्रै राख्न पाइने, स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने छ । संक्रमणको अवस्था हेरी स्थानीय प्रशासनले आवश्यक निर्णय गर्न सक्ने मन्त्री ज्ञवालीले बताए ।


सम्बन्धित शीर्षकहरु

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रतिकृयाहरू
...