दुई शुन्य भएको, कस्तो रैछ वर्ष यो
दु:ख मात्र मौलायो, सुख कता बिलायो
बोकी ल्यायो कोरोना,थुनी छाड्यो घरमा
राम राम मुखमा, ईश्वरको भरमा <१>???
कुरा किन दु:खको, दु:ख मात्र बढेको
सबै मिली रमाऊँ, कुरा गरौँ हर्षको
के भएको होला खै, औषधी खै ? त्यतिक्कै
आयो खोप भनेका, झुटो बोल्या रैछ्न् है ?<२>???
अर्को साल के हुन्छ, बाँचिन्छ कि मरिन्छ
यो साल त बेसरी, मरी-मरी हाँसिन्छ
गित पनि गाइन्छ, कविता नि लेखिन्छ
सुसेलीमा रमाइँ, दु:ख सबै पोखिन्छ । <३>???
कोरोनाको कहर, सुसेलीको रहर
गजल खै लेखिन, नजानेर बहर
विकसोम शहर, नेपालीको लहर
चासो कोही नदिँदा, त्यसै मर्यो रहर । <४>???
दु:ख कष्ट कहर, नहुने त को छ र ?
चिन्त्ता लिनु बेकार । चोला हाम्रो नश्वर
जीवनको के भर ? कोरोनाको के डर ?
म त कत्ति नडरी, नाच्छु भाँच्दै कम्मर ।<५>???
बाहिर जान बन्द छ, खुलेको छ कतै त
ढुक्क बसौँ घरमा, होऔँ सबै निश्चिन्त
घर बस सबिता, लेख बरु कविता
होला तिम्रो भलाई, ज्ञान छर्ने सविता । <६>???
फेसबुक चलाऊ, साथीहरु बढाऊ
टिकटक पढाऊ, तरकारी डढाऊ
माया प्रेम बढाऊ, चिन्ता टाढा भगाऊ
अन्त मन लगाऊ, कोरोना न मगाऊ । <७>???
मुख छोप्ने मोहोलो, कोरोनाको दोहोलो
लगाऊ त भनेको, छोरो हाल्यो कोहोलो
मान्छे लाग्छ बाघ झैँ, बन डढाउने आगो झैँ
हान्ने गोरे राँगा झैं, छैन भर पटक्कै ।<८>???
हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा ।