Monday 4th August 2025

काठमाडाैं उपत्यकामा एकै दिन ६९६ जना संक्रमित थपिए


तितोपाटी – देशको संघीय राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ६९६ जना कोरोना संक्रमित भेटिएका छन् । यो संख्या एकै दिन संक्रमित भेटिएको अहिले सम्मकै उच्च संख्या हो ।

उपत्यकामा कोरोनाको कारण ज्यान गुमाउने क्रम पनि केहि दिन यता निरन्तर रूपमा भएबाट काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमित तीव्र गतिमा फैलिन थालेको स्पष्ट देखाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

उपत्यकामा केहि दिन यता उच्च संख्यामा संक्रमित भेटिने गरेका छन् । हिँजो बिहीबार मात्र पनि उपत्यकामा ५७२ जनामा संक्रमण देखिएको थियो ।


सम्बन्धित शीर्षकहरु

देइर अल-बलाह, गाजा पट्टी: भोकमरी, अभाव र सहायता वितरण स्थलहरू नजिकै घातक अराजकतामाथि अन्तर्राष्ट्रिय आक्रोशको बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका…

गैरआवासीय नेपाली संघ कुवेतले यहि अगस्त ४ तारिक नवौं महाधिवेशन गर्ने भएको छ। एन आर एन ए केन्द्र नै फुटेर…

तितोपाटी -पाल्पामा क्रियाशील ७ राजनीतिक दलले सरकारलाई पत्र मार्फत ध्यानाकर्षण गराएका छन। जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत बढ्दो महंगी, भ्रस्टाचार…

प्रतिकृयाहरू
...