Sunday 21st June 2026

काठमाडाैं उपत्यकामा एकै दिन ६९६ जना संक्रमित थपिए


तितोपाटी – देशको संघीय राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ६९६ जना कोरोना संक्रमित भेटिएका छन् । यो संख्या एकै दिन संक्रमित भेटिएको अहिले सम्मकै उच्च संख्या हो ।

उपत्यकामा कोरोनाको कारण ज्यान गुमाउने क्रम पनि केहि दिन यता निरन्तर रूपमा भएबाट काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमित तीव्र गतिमा फैलिन थालेको स्पष्ट देखाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

उपत्यकामा केहि दिन यता उच्च संख्यामा संक्रमित भेटिने गरेका छन् । हिँजो बिहीबार मात्र पनि उपत्यकामा ५७२ जनामा संक्रमण देखिएको थियो ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी उपराष्ट्रपति J. D. Vance ले इजरायली मन्त्रिपरिषद्का केही सदस्यहरूलाई सार्वजनिक रूपमा दिएको चेतावनी सामान्य कूटनीतिक टिप्पणी मात्र होइन, अमेरिका–इजरायल…

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

प्रतिकृयाहरू
...