Saturday 13th December 2025

दाङमा व्यावसायिक रूपमा अर्गानिक जमराको जुस उत्पादन


तितोपाटी – दाङको घोराहीमा अर्गानिक जमराको जुस व्यावसायिक उत्पादन शुरु भएको छ ।

काठमाडौँको जोरपाटीस्थित सीता अर्गानिक एग्रो प्रालिले घोराहीको रतनपुरमा शाखा कार्यालय खोलेर अर्गानिक जमराको जुस उत्पादन शुरु गरेको हो । स्थानीयको माग र स्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्दै सो प्रालिले जमरा जुस उत्पादन शुरु गरेको हो ।

घोराहीमा शाखा सञ्चालनमा आएसँगै जमराको जुस खान आउने मानिसको संख्या बढ्दै गएको प्रालि प्रमुख बालिका लामिछानेले बताए ।

प्रतिगिलास रु १२५ मा जुस बिक्री भइरहेको छ । यो जुसबाट मुटु, रक्तचाप, मधुमेह, थाइराइड, अल्सर, ग्याष्ट्रिक, क्यान्सर रोगका बिरामीलाई फाइदा हुने गरेको लामिछानेले बताउनुभयो । बिहान खाली पेटमा खाँदा शरीरमा प्राकृतिक ऊर्जा प्रदान गर्नुका साथै शरीरमा प्रोटिनको मात्रा बढाउन सकिने विश्वास छ ।

उत्पादन केन्द्रमा अहिले जुस पिउन आउनेको बिहान भीडभाड हुने गरेको छ । (रासस)


सम्बन्धित शीर्षकहरु

ट्रम्पले भने कि थाइल्याण्ड र कम्बोडिया घातक झडप पछि युद्धविराम नवीकरण गर्न सहमत छन् पाँच दिनदेखि सीमापार लडाईं जारी रहेको…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास विभागका लागि तोकिएको १० प्रतिशत आरक्षित कोटाअन्तर्गत कुवेतबाट वरिष्ठ सल्लाहकार राजु कार्कीलाई समानुपातिक सांसदका लागि…

तितोपाटी -पाल्पाको निस्दीस्थित मित्याल-अरुणखोला सडकखण्ड अन्तर्गत निस्दी-४ मित्याल चिउरेबासमा आज बिहान जिप दुर्घटना भएकाे छ । अरूणखाेलाबाट निस्दी हुँदै रामपुर…

प्रतिकृयाहरू
...