हरि कृष्ण न्यौपाने-पाँचथर घर भई कुवेतमा कार्यरत गोकुल प्रसाद तामाङले आत्महत्या गरेका छन।करिव ३५ बर्षिय तामाङले अगष्ट १९ बुधबार, २०२० का दिन कुवेतको मंगफमा रहेको आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेका हुन।
नेपाली राजदूताबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले तामाङको आत्महत्या बारे प्रारम्भिक जानकारी आएको तर पूर्ण बिबरण भने आउन बाँकी रहेको बताए।उनले थपे” हामी तामाङको मृत्युको पूर्ण विवरण आएपछि मृतकको परिवार र कम्पनी संग समन्वय गरेर कानुनी प्रकृयामा सहयोग गर्ने छौ।”
कुवेतको सेभेन बर्गर कम्पनीमा काम गर्दै आएका तामाङको घरमा श्रीमती, दुई छोरा र एक छोरी रहेको बुझिएको छ।