Saturday 11th April 2026

भेनेजुवेलामा चरम अार्थिक संकट, १ लिटर दुधको मुल्य नै १ लाख


तितोपाटी – चरम अार्थिक संकटबाट गुज्ररहेकाे भेनेजुयेलामा यस युगमा पनि ‘वस्तु विनिमिय’ प्रणाली कायम छ । ल्याटिन अमेरिकी मुलुक भेनेजुएला कुनै बेला धनी देश मध्येमा पर्थ्याे । तर हाल एक लिटर दूध किन्न नै १ लाख रूपैयाँसम्म पर्न थालेकाे छ ।

यसरी महंगीले सीमा नाघेपछि यहाँ पैसाकाे सट्टा वस्तु विनिमय फस्टाएकाे छ । जस्ताे कि यहाँ कपाल काट्नुपरेमा ५ कोसा केरा वा २ वटा अण्डा तथा ट्याक्सी चढ्नु पर्दा १ बट्टा चुरोट दिने गरिएकाे छ । तीब्र गतिमा मूल्यवृद्धि हुन थालेकाले भेनेजुएलाको मुद्राको क्रयशक्तिमा ह्रास आइरहेको छ, त्याे पनि सजिलै मुद्राकाे अापूर्ति नहुने समस्या बढेकाे छ ।

विश्वकै ठूलो पेट्रोलियम भण्डार रहेकाे देश भेनेजुयेलाकाे मुख्य अायस्रोत पेट्रोलियम-खानी नै हो । तर पछिल्लाे ४ वर्षदेखि यहाँ अार्थिक संटक गहिरिँदै अाएकाे बताइन्छ । यहाँकाे मूल्यवृद्धि वार्षिक ‘२५ हजार प्रतिशत’ले बढेकाे गत मे महिनामा एक तथ्य सार्वजनिक भएकाे थियाे । गत फेब्रुअरीमा नै यहाँ एक लिटर दूध किन्न एक लाख रूपैयाँभन्दा बढी पर्ने गरेकाे तथ्यांक अाएकाे थियाे ।

पछिल्लाे समय भेनेजुएलाको मुद्राले काम गर्नै छाेडेकाे बताइन्छ । यसाे हुनुकाे कारण अत्याधिक र द्रुत गतिमा हुने मूल्य वृद्धि (हाइपर इन्फ्लेसन) रहेकाे जनाइएकाे छ । यसले नोटको माग अध्याधिक वृद्धि गराउँछ, तर त्यस अनुपातमा आम्दानी र रोजगारी बढ्न सक्दैन अनि संकट गहिरिन्छ ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिण लेबनानमा हिज्बुल्लाहका “सैन्य ठेगाना” र रकेट लन्च साइटहरूलाई लक्षित गर्दै ठूलो हवाई हमला गरेको जनाएको छ। इजरायलले…

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

प्रतिकृयाहरू
...