Thursday 22nd October 2026

कुवेतमा १८ अगष्टबाट सबै क्षेत्रहरु ५० प्रतिशत खुल्ने


हरि कृष्ण न्यौपाने – लामो समय देखि कोरोना संक्रमणका कारण बन्दाबन्दी(लकडाउन) रहेको र प्राय: क्षेत्रहरु ठप्प रहेको कुवेतमा आगामी अगष्ट १८ गते मंगलबारबाट जनजीवन समान्य हुने भएको छ।चौथो चरणमा जनजीवन सहज बनाउने निर्णय कुवेत सरकारको अगस्ट-१३ तारिक बसेको बैठकले गरेको हो।

द टाइम्स कुवेतले समाचारमा जनाए अनुसार कुवेत सरकारले सामान्य अबस्थाको संख्यामा ५० प्रतिशत भिडभाड रहने गरि होटल, रेस्टुरेन्ट, क्याफे र सार्वजनिक यातायात शुरू गर्न आदेश दिएको छ।

त्यसै गरी खेलकूद र स्वास्थ्य क्लबहरू, व्यक्तिगत हेरचाह पसलहरू,ब्यूटिपार्लर, सैलूनहरू र बार्बरसप,टेलरिंग पसल र कार्यशालाहरू पनि मंगलबारबाट खुल्ने छन।यहाको सरकारी र निजि कार्यालयहरु पनि खुल्ने छन।

तर सामान्य अबस्थाको संख्यामा ५० प्रतिशत मात्र भिडभाड हुने गरि खोल्ने भनिएको ब्यापार ब्यबसायमा पनि कोरोना संक्रमणबाट बच्ने उपायहरु अबलम्बन गर्नु पर्ने छ।विशेष गरि अरुबाट आफुलाई र आफुबाट अरुलाई कोरोना संक्रमण नहोस भन्नको लागि ग्लब्स लगाउने, मास्क लगाउने, समाजिक दूरी कायम गर्ने लगाएत फूटबल खेलहरुमा दर्शकहरु रहन नपाउने नियम कडाईको साथ लागू गरिने छ।


सम्बन्धित शीर्षकहरु

गाजा युद्ध, क्षेत्रीय सुरक्षा चुनौती र राजनीतिक विवादका बीच इजरायलमा अक्टोबर २७ मा आम निर्वाचन हुँदैछ। यस निर्वाचनबाट १२० सदस्यीय…

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

प्रतिकृयाहरू
...