Tuesday 7th October 2025

टर्की रेल दुर्घटना अपडेट : २४ को मृत्यु, सयौँ घाइते


उत्तरपश्चिमी टर्कीमा आइतबार बिहान एक यात्रुवाहक रेल दुर्घटना हुदा कम्तीमा २४ व्यक्तिको मृत्यु भएको समाचार छ ।

यात्रुवाहक रेलका डिब्बाहरु पटरीबाट छुट्टिएपछि भएको यस दुर्घटनामा अन्य रेलमा रहेका सयौँ यात्रु घाइते भएका छन् । भारी वर्षाको कारण दुर्घटना भएको अनुमान गरिएको छ । सो रेलमा ३६० भन्दा बढी यात्रु सवार रहेका बताइएको छ । सो रेल आइतबार इस्तानबुलको हालकाली स्टेसनबाट ग्रीस र बुल्ग्रेरीयाको सीमा नजिकको एदिरर्ने क्षेत्रमा यात्रा गरिरहेको अवस्थामा दुर्घटनाग्रस्त भएको थियो ।

प्रारम्भिक समाचारमा यस दुर्घटनामा परी १० को मृत्यु भएको बताइएको थियो भने पछि सो सङ्ख्या बढेर २४ पुगेको उपप्रधानमन्त्री रेसेप आक्दाङ्ले पुष्टि गर्नुभएको छ । टर्कीका सञ्चारमाध्यमले यहाँका स्वास्थ्यमन्त्री अहमत देमिक्र्यानलाई उद्धृत गर्दै यस दुर्घटनामा घाइते भएका ३३८ व्यक्तिलाई उपचारको लागि अस्पताल भर्ना गरिएको बताएका छन् ।

भारी वर्षाको कारण चिप्लिएर रेलका डिब्बाहरु पटरीबाट बाहिर खस्न पुगेकोले यो दुर्घटना भएको यातायात मन्त्रालयले जानकारी दिएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । …

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत…

प्रतिकृयाहरू
...