Wednesday 24th June 2026

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो


तितोपाटी – विश्वमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेकाे संख्या २ कडाेड नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्ड मिटर डट इन्फोका अनुसार साेमबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या २ कराेड २५ हजार ९ सय ५० पुगेकाे छ । काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या भने ७ लाख ३४ हजार नाधेको छ भने कुल सङ्क्रमितमध्ये एक कराेड २९ लाख भन्दा बढि उपचारपछि घर फर्किएका छन् ।

हाल ६३ लाख ९१ हजार भन्दा बढि सकृय संक्रमित छन् भने ६४ हजार भन्दा बढि गम्भीर अबस्थामा रहेका छन् ।

अहिले सम्म सबै भन्दा बढि संक्रमित रहेको अमेरिकामा ५१ लाख ९९ हजार भन्दा बढि संक्रमित भइ २६ लाख ६४ हजार भन्दा बढि निको भएका छन भने १ लाख ६५ हजार भन्दा बढीको ज्यान गएको छ । दोश्रो नं. मा रहेको ब्राजिलमा ३० लाख ३५ हजार भन्दा बढी संक्रमित भइ २१ लाख १८ हजार भन्दा बढि निको भइ १ लाख १ हजर भन्दा बढिको ज्यान गएको छ ।

संक्रमितको हिसाबले तेश्रो स्थानमा रहेको भारतमा अहिले सम्म २२ लाख १५ हजार भन्दा बढि संक्रमित भएका छन् भने १५ लाख ३५ हजार भन्दा बढि निको भइ ४४ हजार भन्दा बढिको ज्यान गएको छ ।

संक्रमणको कारण धेरै मानिसहरूले ज्यान गुमाएका देशहरूमा अमेरिका र ब्राजिल पछि मेक्सिको र बेलायत रहेका छन् जहाँ क्रमशः ५२ हजार र ४६ हजार भन्दा बढि मानिसहरूको ज्यान गएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा हत्या तथा याैन दूर्व्यवहारका दोषी ५ जनालाइ मृत्युदण्ड दिइएको छ । गत २० जुन २०२६ मा पाँच जना दोषीलाई…

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

प्रतिकृयाहरू
...