Thursday 22nd October 2026

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो


तितोपाटी – विश्वमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेकाे संख्या २ कडाेड नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्ड मिटर डट इन्फोका अनुसार साेमबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या २ कराेड २५ हजार ९ सय ५० पुगेकाे छ । काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या भने ७ लाख ३४ हजार नाधेको छ भने कुल सङ्क्रमितमध्ये एक कराेड २९ लाख भन्दा बढि उपचारपछि घर फर्किएका छन् ।

हाल ६३ लाख ९१ हजार भन्दा बढि सकृय संक्रमित छन् भने ६४ हजार भन्दा बढि गम्भीर अबस्थामा रहेका छन् ।

अहिले सम्म सबै भन्दा बढि संक्रमित रहेको अमेरिकामा ५१ लाख ९९ हजार भन्दा बढि संक्रमित भइ २६ लाख ६४ हजार भन्दा बढि निको भएका छन भने १ लाख ६५ हजार भन्दा बढीको ज्यान गएको छ । दोश्रो नं. मा रहेको ब्राजिलमा ३० लाख ३५ हजार भन्दा बढी संक्रमित भइ २१ लाख १८ हजार भन्दा बढि निको भइ १ लाख १ हजर भन्दा बढिको ज्यान गएको छ ।

संक्रमितको हिसाबले तेश्रो स्थानमा रहेको भारतमा अहिले सम्म २२ लाख १५ हजार भन्दा बढि संक्रमित भएका छन् भने १५ लाख ३५ हजार भन्दा बढि निको भइ ४४ हजार भन्दा बढिको ज्यान गएको छ ।

संक्रमणको कारण धेरै मानिसहरूले ज्यान गुमाएका देशहरूमा अमेरिका र ब्राजिल पछि मेक्सिको र बेलायत रहेका छन् जहाँ क्रमशः ५२ हजार र ४६ हजार भन्दा बढि मानिसहरूको ज्यान गएको छ ।


सम्बन्धित शीर्षकहरु

वेबसाइट निर्माण र सञ्चालनका लागि विश्वभर व्यापक रूपमा प्रयोग हुने ‘पीएचपी’ (PHP) नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी फेला…

साउदी अधिकारीहरूका अनुसार यमनतर्फबाट आएको भनिएको ड्रोनले शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई निशाना बनाएको थियो। साउदीको हवाई प्रतिरक्षा प्रणालीले…

साउदी अरबको पूर्वी प्रान्तस्थित शायबह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली कामदार र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।…

प्रतिकृयाहरू
...