Saturday 24th October 2026

गजल -राम भण्डारी


भुस खाएको राँगो र घुस खाएको नेता उस्तै ।
भेडाको बथान अनि नेताका हुल सेता उस्तै ।।

न ठेगान बोलीको न त बचन पक्का भएको
खाने फाल्ने ठाउँ दुबै तिर यता र तेता उस्तै ।।

ठग्न जानेको‌ र नेपाल बन्दमा ढुङ्गा हानेको
फरक छैन नेता भनेपछि सबै बुढा केटा उस्तै ।।

चोरी काण्डले जेल परेको मतिभ्रष्ट भएको
बुद्धि थोप्पो नभएका उमेरले पनि जेठा उस्तै ।।

लाजै नमानी पुरानो कथा किन सुनाएको
पुर्खाको लगौंटी र हाम्रा नेताको फेटा उस्तै ।।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...