Saturday 22nd August 2026

गजल -राम भण्डारी


भुस खाएको राँगो र घुस खाएको नेता उस्तै ।
भेडाको बथान अनि नेताका हुल सेता उस्तै ।।

न ठेगान बोलीको न त बचन पक्का भएको
खाने फाल्ने ठाउँ दुबै तिर यता र तेता उस्तै ।।

ठग्न जानेको‌ र नेपाल बन्दमा ढुङ्गा हानेको
फरक छैन नेता भनेपछि सबै बुढा केटा उस्तै ।।

चोरी काण्डले जेल परेको मतिभ्रष्ट भएको
बुद्धि थोप्पो नभएका उमेरले पनि जेठा उस्तै ।।

लाजै नमानी पुरानो कथा किन सुनाएको
पुर्खाको लगौंटी र हाम्रा नेताको फेटा उस्तै ।।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबको कच्चा तेल बोकेको ‘SERENO’ नामक तेल ट्यांकरले अमेरिकी समर्थनमा सञ्चालन गरिएको सुरक्षा करिडोर प्रयोग गर्दै होर्मुज जलडमरूमध्य पार…

कुवेत प्रवेश गर्दा वा कुवेतबाट बाहिरिँदा यात्रुसँग KD 3,000 वा त्यसभन्दा बढी नगद वा धारकको नाममा चल्ने वित्तीय साधन भए…

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाल सरकारले करिब आठ वर्षअघि खरिद गरेको जग्गामा अब नेपाली दूतावासको आफ्नै भवन निर्माण प्रक्रिया अघि बढाउने…

प्रतिकृयाहरू
...