Saturday 22nd August 2026

भारतका गृहमन्त्रीलाइ पनि कोरोना संक्रमण


तितोपाटी – भारतका केन्द्रीय गृहमन्त्री अमित शाह कोरोना भाइरस संक्रमित भएका छन् ।आइतबार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

अहिले स्वास्थ्य अवस्था सामान्य रहेकाे उल्लेख गर्दै उनले चिकित्सकको सल्लाहमा अस्पताल भर्ना हुने तयारी गरेकाे उल्लेख गरेका छन् । उनले आफूसँग सम्पर्कमा आएकालाई आइसोलेसनमा बसेर परीक्षण गर्न आग्रह गरेका छन् । ट्विट गर्दै उनले कोरोनाको सुरुवाती लक्षण देखिएपछि परीक्षण गराउँदा नतिजा पोजेटिभ आएको उल्लेख गरेका छन् ।

भारतमा विगत केदीदिन यता कोरोना भाइरसको संक्रमण तीब्र रुपमा वृद्धि भईरहेको छ । पछिल्लो २४ घण्टामा ५५ हजार नयाँ संक्रमित थपिएका छन् ।


सम्बन्धित शीर्षकहरु

लेखक David M. Weinberg ले इजरायलले पश्चिम किनारा, गाजा, सिरिया, लेबनान र इरानसँगको पछिल्लो द्वन्द्वबाट सिकेको सुरक्षा रणनीति अब टर्कीप्रति…

राति आकाशतिर हेर्दा हामी हजारौँ तारा चम्किरहेको देख्छौँ। अझ शक्तिशाली टेलिस्कोपले हेर्ने हो भने हाम्रो आँखाले देख्न नसकेका असंख्य आकाशगंगा…

नेकपा (एमाले)को भातृ संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) कुवेतको पाँचौँ राष्ट्रिय अधिवेशन शुक्रबार कुवेतको फरवानियास्थित Chef Naushad Signature Restaurant मा…

प्रतिकृयाहरू
...