Tuesday 12th August 2025

भारतका गृहमन्त्रीलाइ पनि कोरोना संक्रमण


तितोपाटी – भारतका केन्द्रीय गृहमन्त्री अमित शाह कोरोना भाइरस संक्रमित भएका छन् ।आइतबार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

अहिले स्वास्थ्य अवस्था सामान्य रहेकाे उल्लेख गर्दै उनले चिकित्सकको सल्लाहमा अस्पताल भर्ना हुने तयारी गरेकाे उल्लेख गरेका छन् । उनले आफूसँग सम्पर्कमा आएकालाई आइसोलेसनमा बसेर परीक्षण गर्न आग्रह गरेका छन् । ट्विट गर्दै उनले कोरोनाको सुरुवाती लक्षण देखिएपछि परीक्षण गराउँदा नतिजा पोजेटिभ आएको उल्लेख गरेका छन् ।

भारतमा विगत केदीदिन यता कोरोना भाइरसको संक्रमण तीब्र रुपमा वृद्धि भईरहेको छ । पछिल्लो २४ घण्टामा ५५ हजार नयाँ संक्रमित थपिएका छन् ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर/ कुवेत- अनुमानित एक लाख पचपन्न हजार नेपालीहरू आज कुवेतमा परिश्रमरत छन् । स्वदेशको माटो छाडेर, सपनाहरू काँधमा…

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विदेशी मिडियालाई बताएअनुसार इजरायलले गाजा शहर कब्जा गर्ने हालै स्वीकृत सैन्य योजनाको एक भागको रूपमा गाजा कब्जा…

यहाँ छुट छ हजुर । यहाँ बाघलाई घाँस खान खरायो लाई मासु लतार्न ब्याँसोलाई बितन्डा मच्चाउन हिसाबलाई दाल गलाउन छुट…

प्रतिकृयाहरू
...