Sunday 27th July 2025

झारफुक – लोक छन्द(सवाई) -हरि शर्मा(सुबेदी)


कोरोना बजियाले त गर्नुसम्म गर्‍यो ।
दुईचार शब्द केर्न बाध्यता नै पार्‍यो ।१।

बजिया आज अत्यन्तै शक्तिशाली रह्यो।
तमासाले दुनियाँ नै थर्कमान भयो ।२।

कोही मान्छे कष्टमा रीपोर्ट कुरी बसे ।
कोही मान्छे सडकतिर अल्पत्र परे ।३।

कोही मान्छे साथमा थर्मामिटर बोके ।
कोही मान्छे आफूलाई तुलोमाथि जोखे ।४।

कोही मान्छे कतै खोजतलासमा लागे।
कोही मान्छे तर्सिएर सुँइकुच्चा ठोके ।५।

कोही मान्छे डराएर घरभित्रै लुके।
कोही मान्छे ठाडै त्यहीँ सिन्कैसरी सुके ।६।

अलच्छिना जीवाणुले गर्नु सम्म गर्‍यो।
दु:खले आर्जेको धन सबै स्वाहा पार्‍यो ।७।

घृणा गर्दा हुने भए थुक्क थुकी दिन्थें।
झारफुकले हट्ने भए फु फुकी दिन्थेँ ।८।

बढिरहे आज यहाँ रोगी हुनेहरु ।
खप्न सारै बाधा भयो अब कसो गरौँ ।९ ।

हरि शर्मा(सुबेदी)
गलकोट- बागलुङ, नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

प्रतिकृयाहरू
...