Sunday 17th August 2025

निर्मला हत्याका प्रकरण : एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ


तितोपाटी- निर्मला बलात्कारपछि हत्याको घटना अनुसन्धानमा संलग्न प्रहरीले सफाइ पाएका छन् ।

तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरी विरुद्ध दर्ता भएको सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा उनीहरुले जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएका हुन् ।

कञ्चनपुर जिल्ला अदालतका श्रेस्तेदार यदुनाथ शर्माले जिल्ला न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले दुबै मुद्धामा प्रहरी अधिकारीलाई सफाइ दिएको अनलाइनखबरलाई जानकारी दिए ।

उनीहरुविरुद्ध निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रमाण नष्ट गरेको र हिरासतमा रहेकालाई यातना दिएको भनी मुद्धा परेको थियो ।


सम्बन्धित शीर्षकहरु

लुलु रिटेलले पहिलो चौमासिकको राजस्व ४.१ अर्ब डलर पुगेको रिपोर्ट गरेको छ, जुन वार्षिक ५.९% ले वृद्धि भएको छ।* *पहिलो…

कुवैत सिटी, दुई दर्जन भन्दा धेरैको ज्यान जाने गरी वितरित विषाक्त रक्सिको सेवनबाट हाल सम्म १० जना नेपाली मरेको पुष्टि…

-घनश्याम खतिवडा पृष्ठभूमि: संयुक्त राज्य अमेरिकी सरकारले माध्यमिक विद्यालय तहका बालबालिकाहरूलाई आफ्नो रुचिअनुसार मूल पाठयक्रम बाहेकका विषयहरूमा आफ्नो क्षमतालाई बढाउन…

प्रतिकृयाहरू
...