Tuesday 15th September 2026

धेरै अनाैठो चलन भएको महादिप अफ्रिका


तितोपाटी – विश्वका ७ महादेशहरूमा विभिन्न फरक र अनाैठा चलनहरू भएको हामीले पढ्न, सुन्न र देख्न पाइरहेका छाैं । यस्तै अनाैठा चलनहरू भएको महादेशमा अफ्रिका पहिलो नम्बर अाउँदछ ।

पूर्वी अफ्रिकामा यस्तो जाति छ, जसले छोरी मान्छेको योनी सिलाइ दिन्छन् । छोरी मान्छेले विवाह अगाडि यौन सम्पर्क नगरुन भनेर उनीहरुको योनी सिलाइन्छ। यसरी योनी सिलाउँदा युवती विभिन्न रोगको सिकार हुने गरेका छन्। विवाह गरेपछि सिलाइएको योनी खोलिन्छ । परम्पराका नाममा महिलामाथि हुने यो अमानवीय व्यवहार अहिले पनि जारी छ।

विवाह पहिला सेक्स गर्न खुल्ला तर आफ्नो खाना कसैलाई दिन नपाईनेः
पपुवा न्यु गिनीमा बाल्यकालमा नै यौन सम्पर्क गर्न दिइन्छ। १० देखि १२ वर्षका केटाले ६ वर्षकी केटीसँग यौन सम्पर्क राख्ने सक्ने व्यवस्था छ। पपुवा न्यु गिनीमा विवाह भन्दा पहिला यौन सम्पर्क गर्न खुला छ, तर विवाह भन्दा अगाडि आफ्नो खाना कसैलाई दिन नपाइने अनौठो चलन छ।

घानामा एक परम्पराका अनुसार विधुवा महिलाको आत्मा शुद्धीकालागि भन्दै परपुरुषसँग रात विताउनु पर्ने चलन छ। विधुवा महिलाले परपुरुषसँग रात बिताउने क्रममा आफ्नो मनमाथि नियन्त्रण राख्न सके उनको आत्म पवित्र हुने विश्वास गरिन्छ।

क्यामरुन, नाइजेरिया र दक्षिण अफ्रिकाको केही भागमा युवतीको स्तनमा आइरन गरिन्छ। युवतीको स्तन ठूलो हुनबाट रोक्न उनीहरुको स्तनमा तातो ढुंगाले आइरन गरिन्छ। स्तनमा तातो ढुंगाले आइरन गर्दा महिला परपुरुषमाथि कम ध्यान दिन्छन् भन्ने मान्यता रहेको छ। कतिपय अवस्था आफ्नै आमा यस्तो गर्न आफ्ना छोरीलाई मनाउँछन्।

भारत र पाकिस्तानका सिया मुसलमानको दाउदी बोहरा समुदायमा महिलाको शरीरलाई दबाउने गरिन्छ। यो समुदायको धेरै बसोबास मुम्बईमा रहेको छ। ब्राजिल र युरोपका केही भागमा यस्तो परम्परा विद्यमान छ, जहाँ महिलालाई नांगै बनाएर सडकमा पिटिन्छ। महिललाई त्यतिबेलासम्म पिटिन्छ जतिबेला सम्म महिला व्यहोस हुँदैनन्।
–एजेन्सी


सम्बन्धित शीर्षकहरु

कुवेतका बैंकहरूले विदेशी कामदारलाई ऋण दिने नियम कडा बनाएका छन्। रोजगारी गुम्न सक्ने जोखिम र कुवेतीकरण नीतिका कारण बैंकहरू अहिले…

कुवेतमा कृयाशिल संस्था नेपाल कुवेत सरोकार समाजको पहलमा भोटेकोशी बाढी पीडितलाई सहयोग गर्ने उद्देश्यले “NKSS Concert 2026” आयोजना हुने भएको…

सिरियामा डिजेलको मूल्य एकैपटक करिब ४० प्रतिशत र पेट्रोलको मूल्य करिब २८ प्रतिशतसम्म बढेपछि देशका विभिन्न भागमा विरोध प्रदर्शन चर्किएको…

प्रतिकृयाहरू
...