Tuesday 7th October 2025

जापानमा बाढी पहिरोको कारण ३८ भन्दा बढीको मृत्यु


तितोपाटी – जापानको पश्चिमी क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण कम्तीमा ३८ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार ५० भन्दा बढी मानिस हराइरहेका छन् । जापानी अधिकारीका अनुसार मृत्यु हुनेहरु अधिकांश हिरोसिमा क्षेत्रका छन् ।

उक्त क्षेत्रमा गत बिहीबारदेखिको बाढीका कारण सयौं घरहरु ध्वस्त भएका छन् । अधिकारीहरुले करिब १५ लाख मानिसलाई आफ्नो घर छाडेर जान चेतावनी दिइएको जनाएका छन् । समाचार संस्था रोयटर्सका अनुसार १३ लाखलाई सर्तक रहन सूचना जारी गरिएको छ ।

स्थानीय समाचार संस्थालाई उद्धृत गर्दै बीबीसीले हजारौं प्रहरी, अग्निनियन्त्रक र सेना उद्धारकार्यमा खटिएको जनाएको छ । जापानी समाचार संस्था क्योडोका अनुसार कतिपय बाढीपीडितहरु पहिरोले जिउँदै पुरिएका छन् ।

राजधानी टोकियोबाट करिब ६ सय किलोमिटर पश्चिमको सहर मोटोयामामा शुक्रबार र शनिबार ५ सय ८३ मिलिमिटर वर्षा भएको जापानी मौसम विभागले जनाएको छ । विभागले अझै केही दिन भीषण वर्षा हुने जनाएपछि उच्च सर्तकता अपनाइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिरोसिमाबाट ३ सय किलोमिटर पूर्वको सहर क्योटोमा पनि बाढीले कैयौं घरहरुमा क्षति पुगेको जनाइएको छ । एक स्थानीय मनाबु ताकेसिताले भने, ‘आँधीयाम सुरु भएसँगै नदीको नजिकैका स्थानमा बस्ने स्थानीयहरु निकै त्रसित भएका छन् ।’

 


सम्बन्धित शीर्षकहरु

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । …

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत…

प्रतिकृयाहरू
...