Tuesday 13th October 2026

कुवेत बाहिर हुँदा भिसा सकिएकाहरुले नयाँ भिसा नलगाए सम्म फेरी कुवेत आउन नपाउने


हरी कृष्ण न्यौपाने-कुवेतको भिसा भएर छुट्टी वा बिभिन्न कामले कुवेत बाहिर रहेका र कोभिड-१९को कारण कुवेत आउन नसकेका अनी भिसा अबधि सकिएका करिब ४० हजार आप्रबासी कामदारहरुले नयाँ भिसा नलगाए सम्म पुन: कुवेत आउन नपाउने भएका छन।

कुवेत रेसिडेन्सी बिभाग प्रमुख ब्रिगेडिएर जनरल अल तवल(Al Tawala)का अनुसार भन्दै द टाइम्स कुवेतले लेखेको छ”कुवेत बाहिर रहेका जो संग भिसा सकिएको छ उनिहरु नयाँ भिसा नलगाए सम्म कुवेत आउन पाउने छैनन।उनले भनेका छन”भिसा अबधी र राहदानीको म्याद सकिएका करिब ६८ हजार आप्रबासी(धेरै जसो इजिप्सियन र भारतीय नागरिक)हरुले आफ्नो भिसा र राहदानी सकिएको भए नबिकरण गर्न सक्नेछन।राहदानी नबिकरण पश्चात सम्बन्धित दूताबासले नबिकरण गरेको प्रमाणित गरेको आधारमा आप्रबासीहरुले कुवेतको पररास्ट्र मन्त्रालयबाट लिखित पत्र लिन सक्नेछन र त्यसको आधारमा यात्रा गर्न पाउने छन।”

कुवेत रेसिडेन्सी बिभाग प्रमुख ब्रिगेडिएर जनरलले अर्को प्रसंगमा भनेका छन”कुवेतले गत एप्रिल महिनामा दिएको आममाफिको २६ हजार अबैधानिक आप्रबासीहरुले सदुपयोग गरेका छन भने अझै कुवेतमा करिब १ लाख ३५ हजार आप्राबासीहरु अबैधानिक रहेका छन।त्यसै गरी कुवेत सरकारले आप्राबासीहरुको आबासिय, ब्यापारिक, पर्यटक र पारिवारिक भिसाहरुको शुल्क बढाउने योजनालाई पारीत गरेको छ।”


सम्बन्धित शीर्षकहरु

साउदी अरबले राजधानी रियादस्थित विमानस्थलमा भएको घातक हुथी आक्रमण रोक्न आफ्नो हवाई रक्षा प्रणाली किन असफल भयो भन्ने विषयमा अनुसन्धान…

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

प्रतिकृयाहरू
...