Saturday 31st October 2026

कविताः- काेराेना -नरेन्द्र दुलाल


कोरोना

चाईना बाट आई तिमी संसार भरी छायौ।
भन तिमीले अहिले सम्म कति मान्छे खायौ।।

किन आयौ तिमी भन विश्व भरी छाउन।
परदेशीले पाको छैन आफ्नो घर आउन।।

तिमीले गर्दा भर पेट खाना खान पाको छैन।
स्कुल, डिउटी, मन्दिर तिर जान पाको छैन।।

आफ्नत लाई भेट्दा पनि डर मान्नु पर्ने।
कस्तो होला छुँदा पनि कोरना रैछ सर्ने।।

सँगै साथमा भाको भए खुसी हुने थियौ।
ए कोरना तिमीले यस्तो के-के गरि दियौ।।

बिरामी छन धेरै जना धेरै मान्छे मरे।
संसारका सबै जना लकडाउनमा परे।।

कुन दिनमा आयौ तिमी के भै दियो अहिले।
भन अब संसारबाट जान्छौ तिमी कहिले ???

नरेन्द्र दुलाल
इलाम, नेपाल
हाल – मरूभूमिको देश कुवेत


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

प्रतिकृयाहरू
...