Monday 14th September 2026

कविताः- काेराेना -नरेन्द्र दुलाल


कोरोना

चाईना बाट आई तिमी संसार भरी छायौ।
भन तिमीले अहिले सम्म कति मान्छे खायौ।।

किन आयौ तिमी भन विश्व भरी छाउन।
परदेशीले पाको छैन आफ्नो घर आउन।।

तिमीले गर्दा भर पेट खाना खान पाको छैन।
स्कुल, डिउटी, मन्दिर तिर जान पाको छैन।।

आफ्नत लाई भेट्दा पनि डर मान्नु पर्ने।
कस्तो होला छुँदा पनि कोरना रैछ सर्ने।।

सँगै साथमा भाको भए खुसी हुने थियौ।
ए कोरना तिमीले यस्तो के-के गरि दियौ।।

बिरामी छन धेरै जना धेरै मान्छे मरे।
संसारका सबै जना लकडाउनमा परे।।

कुन दिनमा आयौ तिमी के भै दियो अहिले।
भन अब संसारबाट जान्छौ तिमी कहिले ???

नरेन्द्र दुलाल
इलाम, नेपाल
हाल – मरूभूमिको देश कुवेत


सम्बन्धित शीर्षकहरु

यमनको पश्चिमी तटीय क्षेत्रमा हुथी विद्रोहीसँग भएको एक महिनाको भीषण संघर्षमा ५०० भन्दा बढी सरकारी सैनिक मारिएका छन् भने करिब…

नेपाली कांग्रेसको संस्थापनइतर समूहले आफ्नै ढंगले १५औँ महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। पूर्वसभापति शेरबहादुर देउवाको निवास महाराजगन्जमा सोमबार…

गत भदौ १० गते नेपाल-चीन सीमाक्षेत्रमा हिमताल तथा पहिरो खस्दा आएको भीषण बाढीले देशका विभिन्न क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याएको छ।…

प्रतिकृयाहरू
...